PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

नवलपरासीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु



रासस

नवलपरासीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

नवलपरासीः पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दुमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ३७७९ नम्बरको ट्रकले सडक छेउमा ठेला लिएर हिँडिरहेका अन्दाजी ४० वर्षीय सागर पोख्रेललाई ठक्कर दिंदा उनको  घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell