रसुवाः निर्वाचनको विवादका कारण नेपाली कांग्रेस रसुवाको कार्यालय तथा स्थानीय नेता नेता चढेको गाडी तोडफोड गरिएको छ।
निर्वाचनको मनोनयपत्रको विवादका कारण हाकुका महिलाले कांग्रेस रसुवाका नेता लामाकार्पु तामाङ चढेको जिपमा ढुङ्गा प्रहार गर्नाका साथै पार्टी कार्यालय तोडफोड गरेका हुन्। ढुङ्गा प्रहारबाट तामाङ चढेको गाडीको सिसा फुटेको छ।
प्रहरीले तोडफोडमा संलग्न पाँच महिलालाई नियन्त्रणमा लिएको छ । पार्वतीकुण्ड गाउँपालिकाको अध्यक्षमा हाकुका साङतेम्बा तामाङले टिकट नपाएको झोकमा सो घटना गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।रासस