PahiloPost

Jun 6, 2025 | २४ जेठ २०८२

जापानी प्रधानमन्त्रीले भने–‘उत्तर कोरिया एक गम्भीर खतरा हो’



रासस

जापानी प्रधानमन्त्रीले भने–‘उत्तर कोरिया एक गम्भीर खतरा हो’

लन्डनः जापानी प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरियाले हालै गरेको व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण स्वीकार्य नहुने बताएका  छन्। । लन्डनको भ्रमणमा रहेका आबेले उत्तर कोरिया एक गम्भीर खतरा भएको बताएका हुन्।

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले प्योङयाङविरुद्ध कडा कदम चाल्नुपर्ने बताएका केही समयपछि नै उत्तर कोरियाले पुनःएउटा व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो।

तर उक्त परीक्षण सफल भने भएको थिएन। यसअघि यसै महिनामा उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण पनि विफल भएको थियो।

बारम्बार गर्ने क्षेप्यास्त्र परीक्षण जापानको लागि पनि खतरा भएको आबेले बताए।

यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पले पनि उत्तर कोरियाले बारम्बार गरेको परमाणु र क्षेप्यास्त्र परीक्षणले एउटा ठूलो द्वन्द्व निम्त्याउने चेतावनी दिँदै आएका छन्। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell