PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

एमालेले संविधान संशोधन विधेयक असफल पार्न सम्पूर्ण प्रयत्न गर्ने



रासस

एमालेले संविधान संशोधन विधेयक असफल पार्न सम्पूर्ण प्रयत्न गर्ने

काठमाडौँ : नेकपा (एमाले)को स्थायी कमिटीको शनिबारको बैठकले व्यवस्थापिका–संसद्मा सरकारका तर्फबाट प्रस्तुत संविधान संशोधन विधेयकलाई फिर्ता गरी राजनीतिक सहमति निर्माण गर्न र घोषित निर्वाचन सम्पन्न गर्ने दिशातर्फ अघि बढ्न सरकारको ध्यानाकर्षण गराएको छ। 

“बैठकले सम्पूर्ण प्रयत्नका साथ उक्त विधेयकलाई असफल पार्न राजनीतिक दलहरुसँग संवाद र परामर्श गर्दै अघि बढ्ने निर्णय गरेको छ,” पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने। 

पार्टी केन्द्रीय कार्यालय, धूम्बाराहीमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले स्थानीय तहको घोषित निर्वाचनलाई नै अन्योल र अनिश्चिततातिर धकेल्न विभिन्न पक्षबाट षड्यन्त्र भएको आरोप लगाउँदै त्यसलाई असफल पार्दै घोषित मिति २०७४ वैशाख ३१ मा नै निर्वाचन सम्पन्न गर्न ध्यानाकर्षण गराएको उनले बताए। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell