काठमाडौंः ललितपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रका तर्फबाट नगरप्रमुख र उपप्रमुखका उम्मेदवारले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। माओवादीका तर्फबाट नगरप्रमुखका उम्मेदवार दिनेश महर्जनले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा प्रमुख जोड दिने बताए। उनले ललितपुरका विभिन्न स्थानमा १५ शैयाको अस्पताल बनाउने र निःशुल्क उपचारको प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विपन्न परिवारका बालबालिकालाई निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्ने, खानेपानीको…
काठमाडौंः नेपाली काँग्रेसले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचका क्षेत्राधिकारमा देखिएका समस्यालाई संविधानसम्मत् समाधान खोजिने जनाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिका संयोजक रमेश लेखकले पछिल्लो समय यी निकायबीचका क्षेत्राधिकारमा देखिएका भनिएका विषयमा कांग्रेसले आफ्नो आधिकारिक धारणा निर्वाचनपछि सार्वजनिक गर्ने बताए। लेखकले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका आ–आफ्ना सीमारेखा र मर्यादाभित्र बस्नुपर्ने बताए। उनले कांग्रेस आफ्नो…
नाइरोबीः दक्षिणी सुडानमा जारी द्वन्द्वको कारण दश लाख भन्दा बढी बालबालिका आफ्नो देशबाट भागेर छिमेकी देशमा शरणार्थी जीवन बितारहेका छन्। दक्षिण सुडानबाट भागेर केन्या, इथोपिया, उगान्डा शरणार्थी जीवन बितारहेका १८ लाख व्यक्तिमा ६२ प्रतिशत बालबालिका रहेका संयुक्त राष्ट्र सङ्घीय बालबालिकाको निकाय युनिसेफ र शरणार्थी निकाय युएनएचसिआरले गरेको संयुक्त प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । त्यसगरी, १४ लाख बालबालिका देशभित्र रहेका…
भक्तपुरः मतदानका लागि पाँच दिनमात्र बाँकी हुँदा भक्तपुरको मध्यपुरथिमी नगरपालिकामा कांंग्रेस र एमालेको र्याली अघिपछि गर्दै घरघरमा आएपछि मध्यपुर थिमिका बासिन्दामा चुनावी रौनक थपिएको छ। सोमबार एमालेका मध्यपुरथिमी नगरपालिका प्रमुखका उम्मेदवार मदनसुन्दर श्रेष्ठ बाजागाजाका साथ घरदैलो अभियानमा जाँदा मतदाता उत्साहित भएका थिए। अगाडि नायखीं बाजा, त्यसपछि धां बाजा र बीचमा बाँसुरी बाजाका बजाउँदै समर्थकहरुको र्यालीका साथ मध्यपुर थिमिको बालकुमारी, चपाचो,…
काठमाडौंः राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्ष २०७४/७५ को बजेट ऐतिहासिक हुने बताएका छन्। राष्ट्र बैंकले सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७४/७५ का लागि पूर्व बजेटकालीन अन्तक्र्रियामा गभर्नर नेपालले स्थानीय तह निर्वाचनसँगै मुलुक सङ्घीयतामा जाने निश्चित भएकाले अन्य बजेटभन्दा यो फरक तवरले आउने बताए। नाकाबन्दी र भूकम्पका कारण अर्थतन्त्र माथि उठ्न नसकेको बताउँदै गभर्नर नेपालले चालु आर्थिक…
काठमाडौँ : गएराति बिजुलीबजारमा कार दुर्घटना हुँदा धनकुटा स्थायी घर भई शान्तिनगर बस्ने चन्द्र निरौलाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। तीनकुनेबाट बबरमहलतर्फ आइरहेको बा १६ च ८६०३ नंको कार पोलमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका निरौलाको बानेश्वरस्थित एभरेष्ट नर्सिङहोममा उपचारका क्रममा निधन भएको प्रहरी प्रभाग, बानेश्वरले जनाएको छ। घाइते भक्त तामाङ र गणेश खत्रीको…
बाजुरा : बाजुराका विभिन्न सामुदायिक वनबाट बर्सेनि सल्लाका रुखबाट खोटो सङ्कलन गर्दै निर्यात हुने गरेको छ। सामुदायिक वनमा प्रशस्त रुपमा सल्लाका बोट पाइने भएकाले खोटो सङ्कलन गर्दै निर्यात हुने गरेको जिल्ला वन कार्यालय, बाजुराका निमित्त वन अधिकृत मनकुमार छन्त्यालले बताए। बडिमालिका नगरपालिकामा रहेका १६ सामुदायिक वन र गौमुल गाउँपालिकामा रहेको एक सामुदायिक वनबाट प्रत्येक वर्ष दुई कम्पनीले खोटो सङ्कलन गरेर…
लागोसः नाइजेरियाको इस्लामिक उग्रवादी समूह बोको हरामले दुई बर्षअघि अपहरण गरेका २ सय ७० मध्ये ८२ बालिकालाई अपहरणमुक्त गरेको छ। सन् २०१४ मा उत्तरपूर्वी नगर चिबोकको एउटा निजी विद्यालयबाट अपहरण गरेका मध्ये ८२ जना अपहरणमुक्त गरेको हो। नाइजेरिया सरकार र बोको हरामका प्रतिनिधिका बीचमा वार्ता चलिरहेका बेला बालिका अपहरणमुक्त भएको सरकारी अधिकारीले जानकारी दिएका छन्। बोको हरामको अपहरणमा परेका बालिका…
रत्ननगर (चितवन) : कुरिनटारमा माइक्रोबसको ठक्करबाट आज मोटरसाइकल चालक लमजुङका २८ वर्षीय विनोदकुमार गुरुङको मृत्यु भएको छ। आज बिहान करिब ८:४५ बजे इच्छाकामना गाउँपालिका–४, कुरिनटार, मनकामना प्रवेशद्वार नजिकै सो दुर्घटनामा अर्का एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज ६४८८ नंको माइक्रोबसले विपरीत दिशाबाट आउँदै गरेको बा ८३ प ६४८६ नंको…
लागोसः नाइजेरियाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने लागोसदेखि इबाडानसम्मको राजमार्गमा भएको दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ। दुई वटा १८ सिटे बस दुर्घटनामा परेका ओयो राज्यका सडक सुरक्षासम्बन्धी कार्यालयका प्रमुख युसुफ सलामीले जानकारी दिएका छन्। घटनामा परी बालबालिकासहित ११ जना घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रत्यक्षदर्शीहरुले दुर्घटनापछि दुवै बसका यात्रुहरु चिन्नै नसकिने गरी जलेको बताएका छन्।…
भक्तपुरः आफ्नै फुपूको छोरालाई खुकुरी हानेर फरार भएका भक्तपुरको मध्यपुरथिमी नगरपालिका–३ कौशलटारका २५ वर्षीय पारस कोइरालालाई प्रहरीले धादिङबाट पक्राउ गरेको छ। फुपूका छोरा सरोज सुवेदीलाई कोइरालाले आइतबार बिहान कोठामै गएर खुकुरी प्रहार गरी फरार भएका थिए। खुकुरी प्रहार गरी मोटरसाइकलमा पोखरा गइरहेका बेला कोइरालालाई प्रहरीले धादिङबाट पक्राउ गरेको हो। खुकुरी प्रहारबाट घाइते भएका एसबिआई बैंक लैनचौरका प्रबन्धक सुवेदीको उपचारका लागि…
काराकासः सेतो कपडा लगाएका हजारौं महिलाहरुले भेनेजुयलाको राजधानीमा बृहत् =यालीसहित विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनमा सहभागीहरुले ‘अझै दमन गर’ लेखिएको प्लेकार्डहरु प्रदर्शन गरेका विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। प्रदर्शनकारीलाई सरकारी सुरक्षाकर्मीले विभिन्न ठाउँमा अवरोध गरेका थिए। विशेष गरेर गृहमन्त्रालय अगाडि प्रदर्शन गर्न खोज्दा उनीहरुलाई सुरक्षाकर्मीहरुले रोक्नुपरेको थियो। प्रदर्शनमा अरु पनि धेरै महिला सांसदहरु सहभागी थिए। उनीहरुले सडक अवरोध गर्नका लागि मात्रै…
काठमाडौंः नेपाल विद्युत् प्राधिकरणले बढी विद्युत् माग हुने समयमा विद्युत् उपलब्ध गराउने जलविद्युत् प्रवद्र्धकलाई प्रतियुनिट १२ रुपैयाँ ४० पैसा उपलब्ध गराउने भएको छ। प्राधिकरणले प्रस्ताव गरेको नयाँ विद्युत् खरिद दरअनुसार मङ्सिर १६ देखि जेठ १५ गतेसम्म यो महसुल उपलब्ध गराउने भएको हो। जलाशययुक्त आयोजना निर्माणका लागि प्रोत्साहित गर्ने लक्ष्यका आधारमा प्राधिकरणले जेठ १६ गतेदेखि मङ्सिर १५ सम्म प्रतियुनिट ६ रुपैयाँ…
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको समग्र तयारीका बारेमा जानकारी गराएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भएको भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त यादवले सम्पूर्ण मतदान सामग्रीसहित मतदान अधिकृत स्थानीय तहमा पुगिसकेको जानकारी गराएका थिए। भेटमा प्रधानमन्त्री दाहालले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचनका लागि सरकारले जस्तोसुकै भूमिका निर्वाह गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको प्रमुख आयुक्त…
नुवाकोट : नेपाली कांग्रेसबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवारको गाडीमा अज्ञात समूहले गए राति आगजनी गरेको छ। शिवपुरी गाउँपालिकाका अध्यक्षका उम्मेदवार रामकृष्ण थापाको बा ११ च ३४९९ नं को स्कार्पियो गाडीमा तोडफोड गरी आगजनी भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए। चुनावी प्रचारबाट फर्केर राति ११ बजे पञ्चकन्या गाउँपालिका–५ शिवालयमा रोकिराखिएको अवस्थामा अज्ञात समूहले गाडीमा क्षति पुर्याएको र अहिले…
नारायण ढुङ्गाना रत्ननगर : शुक्लाफाँटाबाट चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको दुई वटा बाह्रसिङ्गे मरेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मानबहादुर खड्काले निकुञ्जमा ल्याइएकामध्ये दुई वटा पोथी बाह्रसिङ्गे मरेको आज जानकारी दिए। केही दिनअघि एउटा बाह्रसिङ्गे ल्याएकै दिनमा मरेको हो भने अर्को ल्याएको एक दिनपछि मरेको हो। टाढाबाट १६,१७ घन्टाको यात्रामा ल्याइएकाले दबाब परेको र गर्मी पनि बढेकाले बाह्रसिङ्गे…
चितवन : यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा छ सय ८४ जनाको उम्मेदवारी कायम भएको छ। उम्मेदवारी फिर्ता लिने अन्तिम समय शुक्रबार अपराह्न ५ बजेसम्ममा १५ जनाले उम्मेदवारी फिर्ता लिएको र एक जनाको बदर भएपछि सो सङ्ख्या कायम भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द)…
पोखरा : नेपाली कांग्रेसका तर्फबाट पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखका उम्मेदवार रामजी कुँवरले महानगरका प्रत्येक बस्ती समेट्ने गरी विकास निर्माणका योजना अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन्। महानगरपालिका–१९ लामाचौरमा शुक्रबार घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले समृद्ध पोखरा निर्माण आफ्नो मुख्य उद्देश्य भएको र महानगरका कुना कुनामा रहेका बस्तीसमेतको विकासले मात्रै पोखराको समुन्नति सम्भव हुने उल्लेख गरे। महानगरभित्रका खानेपानी, सरसफाइ, बाटोघाटोलगायत समस्या…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का नेता केपी शर्मा ओलीबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीका सम्बन्धमा सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशम्शेर जबराले दिएको आदेशपछिको अवस्थाका बारेमा छलफल भएको थियो। मुलुकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताबीच छलफल…
काठमाडौं : स्थानीय तहको पहिलो चरणको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेमध्ये एक हजार ४९८ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। पहिलो चरणको निर्वाचनमा १३ हजार ५६५ पदका लागि हुने निर्वाचनमा ४९ हजार २०७ जनाको उम्मेवारी परेको थियो। निर्वाचन आयोगका अनुसार काठमाडौंमा ५४, ललितपुरका ३५, भक्तपुरमा ३२ काभ्रे २६, सिन्धुपाल्चोकमा ४५, नुवाकोटमा ७२, धादिङमा ५७, रसुवामा २७, सिन्धुलीमा १६, रामेछापमा ३३ दोलखामा…