PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



रासस

माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रत्ननगर (चितवन) : कुरिनटारमा माइक्रोबसको ठक्करबाट आज मोटरसाइकल चालक लमजुङका २८ वर्षीय विनोदकुमार गुरुङको मृत्यु भएको छ।

आज बिहान करिब ८:४५ बजे इच्छाकामना गाउँपालिका–४, कुरिनटार, मनकामना प्रवेशद्वार नजिकै सो दुर्घटनामा अर्का एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज ६४८८ नंको माइक्रोबसले विपरीत दिशाबाट आउँदै गरेको बा ८३ प ६४८६ नंको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएका विनोदको उपचारका लागि कलेज अफ मेडिकल साइन्सेज भरतपुर ल्याउने क्रममा आज बिहान करिब ११ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

मोटरसाइकलको पछाडि बस्ने उनकी श्रीमती मनिषा घाइते भएको र उनको अहिले कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ। माइक्रोबसका चालकलाई भने नियन्त्रणमा लिइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell