PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

  • दक्षिण कोरियाली राष्ट्रपतिद्वारा आफ्नो कार्यालयको कार्य प्रणालीमा हेरफेर

    दक्षिण कोरियाली राष्ट्रपतिद्वारा आफ्नो कार्यालयको कार्य प्रणालीमा हेरफेर

    सोलः दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले आफ्नो कार्यालयका कर्मचारीको जिम्मेवारी र कार्यप्रणालीलाई मुलुकको अर्थतन्त्र तथा सुरक्षाका लागि भन्दै केही परिवर्तन गरेका छन्। पुनः सङ्गठन योजनाअन्तर्गत राष्ट्रपतिको कार्यालयमा एक जना मन्त्रालयतहको सचिवको पद थप गरी चार सचिवको व्यवस्था गरिएको छ। हालसम्म राष्ट्रपति कार्यालयमा व्यवस्था गरिएका १० सहसचिवको ठाउँमा संख्या घटाएर आठ पद व्यवस्था गरिने भएको राष्ट्रपति कार्यालयले जनाएको छ । …

    विस्तृतमा पढ्नुस्

  • काभ्रेमा राप्रपाका उम्मेदवार मृत फेला

    काभ्रेमा राप्रपाका उम्मेदवार मृत फेला

    बनेपाः काभ्रेको धुलिखेलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मृत अवस्थामा फेला परेका छन्।  धुलिखेल नगरपालिका–१२ का वडा सदस्यका उम्मेदवार ५५ वर्षीय सुकलाल तामाङ आफ्नै घरमा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। मृत्युको कारण भने खुलेको छैन।रासस   

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकमा चुनाव प्रचारमा प्रयोग गरिएको जिप दुर्घटना, १२ जना घाइते

    सिन्धुपाल्चोकमा चुनाव प्रचारमा प्रयोग गरिएको जिप दुर्घटना, १२ जना घाइते

    चौताराः सिन्धुपाल्चोकको ज्यामिरेमा राप्रपा कार्यकर्ताले चुनाव प्रचारमा प्रयोग गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। राप्रपा कार्यकर्ताले चुनाव प्रचारप्रसारमा प्रयोग गरेका बा १६ च ५२७१ जिप दुर्घटना भएको हो। घाइते मध्ये दुई जनाको दुईजना त्रिविवि शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको र अन्य उपचारपछि घर फर्केका प्रहरीले जानकारी दिएको छ।रासस   

    विस्तृतमा पढ्नुस्

  • चीनमा शक्तिशाली भूकम्प, आठ जनाको मृत्यु

    चीनमा शक्तिशाली भूकम्प, आठ जनाको मृत्यु

    चीनः चीनको उत्तर दक्षिणी क्षेत्रमा पर्ने सिन्जिआङ स्वायत्त प्रदेशमा आएको भूकम्पमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।  स्थानीय समयानुसार बिहीबार विहान ५.५८ बजे ५.५ म्याग्निच्युडको भूकम्प महसुस गरिएको अधिकारीहरुले जनाएका छन् । भूकम्पबाट १२ हजार प्रभावित भएका र असुरक्षित स्थानमा रहेका मध्ये झण्डै ९ हजार २ सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। …

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनको सन्देश बोकेर साझा बस सरर....

    निर्वाचनको सन्देश बोकेर साझा बस सरर....

    काठमाडौंः मतदानको दिन नजिकिँदै गर्दा ‘मेरो मत अमूल्य छ’ भनी लेखिएको निर्वाचनको सन्देश बोकेका साझा बस राजधानीका सडकमा गुड्न थालेका छन्।  कान्तिपथस्थित निर्वाचन आयोग परिसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले साझा बसमा निर्वाचन आयोगको लोगो अङ्कित झन्डा फहराएर आज साझा यातायातमार्फत निर्वाचनको सन्देश प्रचारप्रसार शुभारम्भ गरे।  साझा बसका २३ वटा गाडीमा यस्ता स्टिकर टाँसिएको निर्वाचन आयोगले जनाएको छ। गाडीमा…

    विस्तृतमा पढ्नुस्

  • निजी विद्यालय र विद्यार्थी संगठनबीच आठबुँदे सहमति, शैक्षिक संस्था बन्द कार्यक्रम फिर्ता

    कञ्चनपुरः शुल्क वृद्धि फिर्ताको माग सार्दै आन्दोलनमा उत्रिएका ६ विद्यार्थी सङ्गठनले निजी विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका छन्। निजी विद्यालयसँग आठबुँदे सहमति गर्दै विद्यार्थी सङ्गठनले विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका हुन्।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा निजी विद्यालयको छाता सङ्गठनका प्रतिनिधि, संयुक्त विद्यार्थी सङ्गठन, शिक्षा कार्यालयका प्रतिनिधिसहितको बैठकले निजी संस्थागत विद्यालयमा गरिएको अनिश्चितकालीन शैक्षिक हडतालका कार्यक्रम फिर्ता लिने सहमति भएको छ। …

    विस्तृतमा पढ्नुस्

  • गुण्डागर्दी नियन्त्रणका लागि प्रहरी आक्रामक, चितवनमा ८७ जना गुण्डामाथि प्रहरी निगरानी

    गुण्डागर्दी नियन्त्रणका लागि प्रहरी आक्रामक,  चितवनमा ८७ जना गुण्डामाथि प्रहरी निगरानी

    चितवनः निर्वाचनको मौन अवधिमा गुण्डागर्दी बढ्नसक्ने भन्दै चितवनमा प्रहरीले गुण्डागर्दी गर्नेको वर्गीकरण गरी आजदेखि निगरानी बढाएको छ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार विगतका गतिविधिलाई मूल्याङ्कन गर्दै ८७ जनामाथि निगरानी थालिएको हो। प्रहरीले टोले, फ्याउरे, संरक्षित, व्यावसायिक र आपराधिक गरी उनीहरुलाई वर्गीकरण गरेर निगरानी बढाएको थापाले बताए।  निगरानी बढाएकामध्ये एक जनालाई भने पक्राउ गरिसकेको जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • ट्याक्टरमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

    ट्याक्टरमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

    राजविराजः पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङगामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्व आउँदै गरेको स १ त ५२९० नम्बरको ट्याक्टरमा सोही दिशातर्फ आउँदै गरेको स ८ प ३२३० नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार उदयपुरको त्रियुगाका राजेश चौधरीको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका चौधरीको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो। प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको…

    विस्तृतमा पढ्नुस्

  • गगन भन्छन्– ‘निर्वाचन नराम्रो गर्नेलाई दण्डित गर्ने महान् अवसर’

    गगन भन्छन्– ‘निर्वाचन नराम्रो गर्नेलाई दण्डित गर्ने महान् अवसर’

    पोखराः स्वास्थ्यमन्त्री गगन थापाले निर्वाचनमा राम्रो काम गर्नेलाई मत दिएर नेपाली जनताले पुरस्कृत गर्ने बताएका छन्। नेपाली कांग्रेस कास्कीद्वारा पोखराको चिप्लेढुङ्गास्थित बिपी चोकमा बुधबार आयोजित कोणसभालाई सम्बोधन गर्दै थापाले अहिलेको निर्वाचन राम्रो काम गर्ने दललाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्ने नेपाली जनताको एक महान् अवसर भएको बताए।  उनले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरी कांग्रेसले आफ्नो दायित्व पूरा…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगले बोलायो दलका शीर्ष नेता

    निर्वाचन आयोगले बोलायो दलका शीर्ष नेता

    काठमाडौंः निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको समग्र तयारीकाबारेमा सबै दलका शीर्ष नेतालाई छलफल लागि बोलाएको छ ।  आयोगले दलका शीर्ष नेतालाई आज अपरान्ह चार बजे छलफलका लागि बोलाएको हो । बैठकमा निर्वाचनको तयारी, आचारसंहिताको पालना, मतदाता शिक्षा, दलहरुबीचको आपसी सहमति र संवादलगायत विषयमा छलफल हुने आयोगले जनाएको छ ।  पहिलो चरणको निर्वाचन प्रदेश नं ३, ४ र ६ मा यही…

    विस्तृतमा पढ्नुस्

  • यमनमा हैजाबाट ३४ जनाको मृत्यु, दुई हजारभन्दा बढी प्रभावित

    यमनमा हैजाबाट ३४ जनाको मृत्यु, दुई हजारभन्दा बढी प्रभावित

    यमनः यमनमा हैजाका कारण दुई सातामा मृत्यु् हुने नागरिकको सङ्ख्या ३४ पुगेको छ भने दुई हजारभन्दा बढी प्रभावित भएका छन्।  विश्व स्वास्थ्य सङ्गठनले हैजा तथा झाडाबान्तासम्बन्धी समस्याबाट अप्रिल २७ देखि अहिलेसम्म यमनको राजधानी सानासहितका भूभागमा ३४ जनाको मृत्यु भएको र दुई हजार २२ जना बिरामी भएका जानकारी दिएको छ।  यमनमा यो वर्ष हैजा तथा दूषित पानीका कारण फैलिने रोगको सङ्क्रमणका…

    विस्तृतमा पढ्नुस्

  • दोलखा घटनाका दोषीलाई तत्काल गिरफ्तार गर्न एमालेको माग

    दोलखा घटनाका दोषीलाई तत्काल गिरफ्तार गर्न एमालेको माग

    काठमाडौंः नेकपा एमालेले दोलखामा आफ्ना कार्यकर्ताको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कार्वाही गर्न माग गरेको छ । एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ती जारी गरी घटनामा संलग्न सबैलाई तुरुन्त गिरफ्तार गरी कारबाही गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग गरेका हुन्। चुनावी प्रचारप्रसारका क्रममा मंगलबार राति दोलखाको गौरीशङ्कर गाउँपालिका– २ मा…

    विस्तृतमा पढ्नुस्

  • देउवाले ओलीलाई भने–‘संविधान संशोधनमा सघाउनुस्’

    देउवाले ओलीलाई भने–‘संविधान संशोधनमा सघाउनुस्’

    भक्तपुरः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनमा सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गरेका छन्। ओलीलाई भेट्न भक्तपुरको बालकोट पुगेका सभापति देउवाले मधेस केन्द्रीत दललाई सहमतिमा ल्याई निर्वाचन गर्नुपर्ने भएकाले संशोधनमा सघाउन ओलीलाई आग्रह गरेका हुन्।  जवाफमा ओलीले दोस्रो चरणको निर्वाचनअघि नै बजेट ल्याउन देउवालाई आग्रह गरेका थिए। ओलीका निजी सचिव अनिश दाहालले भने दुई नेताबीच राजनीतिक गतिरोधको निकासकाबारेमा…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा निर्वाचन टोली पुग्दै

    निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा निर्वाचन टोली पुग्दै

    हेटौंडाः स्थानीय तह निर्वाचनमा मकवानपुरको आठ गाउँपालिका र थाहा नगरपालिकाका मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित निर्वाचन टोली आज बिहान पुगेको छ।  मुख्य निर्वाचनको कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहापालिकाको १९ वडामा बिहीबार बिहानसम्म निर्वाचन टोली पुगिसक्ने छ। मकवानपुरका कुल २९५ वटा मतदान केन्द्रमा बिहीबार बिहान १० बजेदेखि मतदाता परिचयपत्र वितरण सुरु गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी दिए।  त्यसैगरी, पाँच…

    विस्तृतमा पढ्नुस्

  • बुद्ध दर्शन नेपाल र नेपालीका लागि गौरवको विषयः उपराष्ट्रपति पुन 

    बुद्ध दर्शन नेपाल र नेपालीका लागि गौरवको विषयः उपराष्ट्रपति पुन 

    बुटवलः उपराष्ट्रपति नन्दबहादुर पुनले बुद्ध दर्शन तथा यसको विकासले नेपालमा शान्तिको चेतनाको निर्माण भएको बताएका छन्। २५६१ औं बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै  उपराष्ट्रपति पुनले बुद्ध दर्शन तथा यसको विकास नेपालमा भएको कारण नेपाल र नेपालीका लागि गौरवको विषय भएको बताए। उपराष्ट्रपति पुनले बुद्धको पञ्चशीलको सिद्धान्त व्यवहारमा ल्याउन सकेमा मानव जीवन सार्थक हुने बताए। लुम्बिनीसँग सम्बन्धित तिलौराकोट, देवदह,…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानमा बम विस्फोटमा परी एकै परिवारका सात जनाको मृत्यु

    अफगानिस्तानमा बम विस्फोटमा परी एकै परिवारका सात जनाको मृत्यु

    अफगानिस्तानः अफगानिस्तानको हेरात प्रान्तमा  सडक किनारमा राखिएको बम विस्फोटमा परी एकै परिवारका सात जनाको मृत्यु भएको छ।  विष्फोटमा परी तीन महिला र दुई बालबालिकासहित सात जनाको मृत्यु भएको प्रहरी अधिकारीले जानकारी दिएका छन्।  हेरात प्रान्तको आद्रास्कान जिल्लामा गुडिरहेको सवारी साधन विस्फोटक पदार्थमा ठोक्किंदा त्यसमा सवार सबै मारिएका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल आजाद वालिजादाले जानकारी दिएका छन्।  अफगानिस्तानको राजधानी काबुलबाट ६४०…

    विस्तृतमा पढ्नुस्

  • रसुवागढी नाका आज रातिदेखि जेठ एक गतेसम्मका लागि बन्द हुने

    रसुवागढी नाका आज रातिदेखि जेठ एक गतेसम्मका लागि बन्द हुने

    रसुवाः स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै चिनिया पक्षले आजराति १२ बजेदेखि रसुवागढी नाका बन्द गर्ने भएको छ।  नेपाली सुरक्षा अधिकारी र केरुङका सुरक्षा प्रमुखबीच भएको छलफलपछि स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै आगामी जेठ १ गतेसम्मका लागि नाका बन्द गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र न्यौपानेले जानकारी दिए। रासस   

    विस्तृतमा पढ्नुस्

  • लिवियाको सामुद्रिक तटीय क्षेत्रमा डुङ्गा दुर्घटना, ८० जना वेपत्ता

    लिवियाको सामुद्रिक तटीय क्षेत्रमा डुङ्गा दुर्घटना, ८० जना वेपत्ता

    इटालीः लिवियाली समूद्रिक तट नजिकै करिव एक सय ३२ जना आप्रवासी सवार एक डुङ्गा गत शुक्रबार दुर्घटनाग्रस्त भएको छ।  शरणार्थी सम्वन्धि राष्ट्रसंघीय उच्चायोगका प्रतिनिधिले डुंगा दुर्घटनामा असी जना बेपत्ता भएका घटनामा बाँच्न सफल आप्रवासीहरुले जानकारी दिएका बताएका छन्। सामुद्रिक बाटो भएर यूरोप तथा अमेरिका प्रवेश गर्ने क्रममा केही महिनायता भएको यो सबैभन्दा ठूलो दुर्घटना हो।  घटनामा परेका करिव ५० जनालाई…

    विस्तृतमा पढ्नुस्

  • चट्याङ लागेर उदयपुरमा दुई जनाको मृत्यु

    चट्याङ लागेर उदयपुरमा दुई जनाको मृत्यु

    उदयपुरः चट्याङ लागेर उदयपुरमा दुई जनाको मृत्यु भएको छ। चट्याङ लागेर उदयपुरको कटारी नगरपालिका–११ हरबेनीका भेषबहादुर खत्रीको मृत्यु भएको हो। मंगलबार बिहान घरमा चिया खाइरहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो।  त्यसैगरी, कटारी–११ गहुँबारी काफलडाँडाका ५५ बर्षीय बलबहादुर बस्नेतको पनि  चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।रासस   

    विस्तृतमा पढ्नुस्

  • सिरहाको बरियारपट्टीमा झाडापखालाको प्रकोप, एक जनाको मृत्यु

    सिरहाको बरियारपट्टीमा झाडापखालाको प्रकोप, एक जनाको मृत्यु

    लहानः सिरहाको बरियारपट्टी गाँउपालिका–१ कचनारीस्थित मुसहर बस्तीमा केही दिनदेखि फैलिएको झाडापखालाका कारण एक बालिकाको मृत्यु भएको छ भने अन्य १० जना बिरामी परेका छन् ।  झाडापखालाका कारण स्थानीय रामउद्गर सदायकी १० वर्षीया छोरी कविता सदायको सोमबार राति मृत्यु भएको हो।  बिरामीमध्ये सदामादेवी साहको धनगढीस्थित श्रमजीवी अस्पतालमा र कविता सदायको भारतको लदियानमा उपचार भइरहेको छ भने अन्यको स्थानीय क्लिनिकमा उपचार भइरहेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell