PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

सिरहाको बरियारपट्टीमा झाडापखालाको प्रकोप, एक जनाको मृत्यु



रासस

सिरहाको बरियारपट्टीमा झाडापखालाको प्रकोप, एक जनाको मृत्यु

लहानः सिरहाको बरियारपट्टी गाँउपालिका–१ कचनारीस्थित मुसहर बस्तीमा केही दिनदेखि फैलिएको झाडापखालाका कारण एक बालिकाको मृत्यु भएको छ भने अन्य १० जना बिरामी परेका छन् । 

झाडापखालाका कारण स्थानीय रामउद्गर सदायकी १० वर्षीया छोरी कविता सदायको सोमबार राति मृत्यु भएको हो। 

बिरामीमध्ये सदामादेवी साहको धनगढीस्थित श्रमजीवी अस्पतालमा र कविता सदायको भारतको लदियानमा उपचार भइरहेको छ भने अन्यको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ। 

जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा. चुमनलाल दासले झाडापखाला फैलिएको सूचना पाएलगत्तै औषधिसहितको स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइएको जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell