सोलः दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले आफ्नो कार्यालयका कर्मचारीको जिम्मेवारी र कार्यप्रणालीलाई मुलुकको अर्थतन्त्र तथा सुरक्षाका लागि भन्दै केही परिवर्तन गरेका छन्।
पुनः सङ्गठन योजनाअन्तर्गत राष्ट्रपतिको कार्यालयमा एक जना मन्त्रालयतहको सचिवको पद थप गरी चार सचिवको व्यवस्था गरिएको छ। हालसम्म राष्ट्रपति कार्यालयमा व्यवस्था गरिएका १० सहसचिवको ठाउँमा संख्या घटाएर आठ पद व्यवस्था गरिने भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
पछिल्लो सङ्गठन अनुसार राष्ट्रपतिको कार्यालयमा एकजना मन्त्रीस्तरीय प्रमुख रहनेछन् भने उनलाई सघाउन पाँच जना वरिष्ठ सचिव रहनेछन् । उनीहरुलाई राजनीतिक सम्वन्ध, नागरिक सम्वन्ध, सामाजिक सुधार, जनसम्पर्क र व्यक्तिगत मामिला हेर्ने जिम्मेवारी तोकिएको छ।
नयाँ राष्ट्रपतिको आवागमनसँगै सिर्जना भएको एकजना मन्त्रीस्तरीय प्रमुखको पद नीतिनिर्माणका लागि छुट्टाइएको छ र यसअन्तर्गत तीन उच्चसचिव रहनेछन्। उनीहरू दक्षिण कोरियाको रोजगार प्रवद्र्धन, आर्थिक तथा सामाजिक सुधारका लागि जिम्मेवार रहनेछन् । रासस/ सिन्ह्वा