PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

बुद्ध दर्शन नेपाल र नेपालीका लागि गौरवको विषयः उपराष्ट्रपति पुन 



रासस

बुद्ध दर्शन नेपाल र नेपालीका लागि गौरवको विषयः उपराष्ट्रपति पुन 

बुटवलः उपराष्ट्रपति नन्दबहादुर पुनले बुद्ध दर्शन तथा यसको विकासले नेपालमा शान्तिको चेतनाको निर्माण भएको बताएका छन्।

२५६१ औं बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै  उपराष्ट्रपति पुनले बुद्ध दर्शन तथा यसको विकास नेपालमा भएको कारण नेपाल र नेपालीका लागि गौरवको विषय भएको बताए।

उपराष्ट्रपति पुनले बुद्धको पञ्चशीलको सिद्धान्त व्यवहारमा ल्याउन सकेमा मानव जीवन सार्थक हुने बताए।

लुम्बिनीसँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्रामलाई पनि एकैसाथ जोडेर विकास कार्यलाई अगाडि बढाउनुपर्नेमा उनको जोड थियो।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell