काठमाडौंः निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको समग्र तयारीकाबारेमा सबै दलका शीर्ष नेतालाई छलफल लागि बोलाएको छ ।
आयोगले दलका शीर्ष नेतालाई आज अपरान्ह चार बजे छलफलका लागि बोलाएको हो ।
बैठकमा निर्वाचनको तयारी, आचारसंहिताको पालना, मतदाता शिक्षा, दलहरुबीचको आपसी सहमति र संवादलगायत विषयमा छलफल हुने आयोगले जनाएको छ ।
पहिलो चरणको निर्वाचन प्रदेश नं ३, ४ र ६ मा यही वैशाख ३१ गते हुँदैछ । रासस