PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

चीनमा शक्तिशाली भूकम्प, आठ जनाको मृत्यु



रासस

चीनमा शक्तिशाली भूकम्प, आठ जनाको मृत्यु

चीनः चीनको उत्तर दक्षिणी क्षेत्रमा पर्ने सिन्जिआङ स्वायत्त प्रदेशमा आएको भूकम्पमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। 

स्थानीय समयानुसार बिहीबार विहान ५.५८ बजे ५.५ म्याग्निच्युडको भूकम्प महसुस गरिएको अधिकारीहरुले जनाएका छन् ।

भूकम्पबाट १२ हजार प्रभावित भएका र असुरक्षित स्थानमा रहेका मध्ये झण्डै ९ हजार २ सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। 
भूकम्पमा परी घाइते भएका सवैलाई उपचारका लागि अस्पतालमा लगिएको छ। भूकम्प प्रभावित क्षेत्रमा करिव एक हजार सैनिक र प्रहरी तथा १५ सय स्वयमसेवकहरु उद्धारका लागि परिचालन गरिएको छ।

भूकम्पपीडितका लागि लागि सहयोग सामग्रीहरु घटनास्थलमा पुर्याइएको आपत्कालिन उद्धार केन्द्रीय कार्यालयले जनाएको छ। 
भूकम्पको केन्द्रविन्दु भएको ठाउँमा भत्किएका घरहरु हटाउने कार्य सुरु भएको छ । रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell