PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

निर्वाचनको सन्देश बोकेर साझा बस सरर....



रासस

निर्वाचनको सन्देश बोकेर साझा बस सरर....

काठमाडौंः मतदानको दिन नजिकिँदै गर्दा ‘मेरो मत अमूल्य छ’ भनी लेखिएको निर्वाचनको सन्देश बोकेका साझा बस राजधानीका सडकमा गुड्न थालेका छन्। 

कान्तिपथस्थित निर्वाचन आयोग परिसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले साझा बसमा निर्वाचन आयोगको लोगो अङ्कित झन्डा फहराएर आज साझा यातायातमार्फत निर्वाचनको सन्देश प्रचारप्रसार शुभारम्भ गरे। 


साझा बसका २३ वटा गाडीमा यस्ता स्टिकर टाँसिएको निर्वाचन आयोगले जनाएको छ। गाडीमा टाँसिएका स्टिकरले मतदातालाई आफ्नो अमूल्य मतको महत्व झल्काउनुका साथै मतदानका लागि प्रेरित गर्ने विश्वास गरिएको छ। 

कार्यक्रमपछि पत्रकारसँग कुराकानी गर्दै प्रमुख आयुक्त यादवले पहिलो चरणको निर्वाचनमा खटिएका कर्मचारी आजबाट सबै मतदान केन्द्रमा पुगिसकेको जानकारी दिए। 

पहिलो चरणको निर्वाचनमा ४९ लाख ५६ हजार ९२५ मतदाता कायम भएको हुँदा निर्वाचन अधिकतले स्थानीयस्तरमा राजनीतिक दलसँग समन्वय गरी मतदानस्थल र मतदान केन्द्रको निर्माणको कार्य पनि सुरु गरिसकेको आयोगले जनाएको छ। रासस  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell