
राजविराजः पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङगामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
पश्चिमबाट पूर्व आउँदै गरेको स १ त ५२९० नम्बरको ट्याक्टरमा सोही दिशातर्फ आउँदै गरेको स ८ प ३२३० नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार उदयपुरको त्रियुगाका राजेश चौधरीको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका चौधरीको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो। प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।रासस