PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

यमनमा हैजाबाट ३४ जनाको मृत्यु, दुई हजारभन्दा बढी प्रभावित



रासस

यमनमा हैजाबाट ३४ जनाको मृत्यु, दुई हजारभन्दा बढी प्रभावित
फोटो श्रोतःnytimes.com

यमनः यमनमा हैजाका कारण दुई सातामा मृत्यु् हुने नागरिकको सङ्ख्या ३४ पुगेको छ भने दुई हजारभन्दा बढी प्रभावित भएका छन्। 

विश्व स्वास्थ्य सङ्गठनले हैजा तथा झाडाबान्तासम्बन्धी समस्याबाट अप्रिल २७ देखि अहिलेसम्म यमनको राजधानी सानासहितका भूभागमा ३४ जनाको मृत्यु भएको र दुई हजार २२ जना बिरामी भएका जानकारी दिएको छ। 

यमनमा यो वर्ष हैजा तथा दूषित पानीका कारण फैलिने रोगको सङ्क्रमणका कारण नागरिक ठूलो सङ्ख्यामा प्रभावित बनेको दोस्रो घटना हो। 

यमनमा भएका द्वन्द्वका क्रममा अस्पताल तथा स्वास्थ्य केन्द्रसमेत विस्थापित बनेपछि लाखौं मानिसले आफ्नो स्वास्थ्य समस्यालाई भाग्यको जिम्मा लगाउन बाध्य छन्।

लामो द्वन्द्वले खानेपानी आपूर्ति तथा मुहानहरू दूषित बनेका कारण सफा खानेपानीका लागि सङ्घर्ष गर्नुपर्ने स्थिति रहेको छ। विश्व खाद्य सङ्गठनका अनुसार यहाँका करिब एक करोड ७० लाख मानिसले आधारभूत खाद्यन्नको अभावमा बाँच्नु परेको छ। 

यमनमा सन् २०१५ यता सुरु भएको द्वन्द्वका कारण करिब सात हजार मानिसको मृत्यु भएको छ भने ३० लाखभन्दा बढी विस्थापित बनेका छन्। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell