PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

लिवियाको सामुद्रिक तटीय क्षेत्रमा डुङ्गा दुर्घटना, ८० जना वेपत्ता



रासस

लिवियाको सामुद्रिक तटीय क्षेत्रमा डुङ्गा दुर्घटना, ८० जना वेपत्ता

इटालीः लिवियाली समूद्रिक तट नजिकै करिव एक सय ३२ जना आप्रवासी सवार एक डुङ्गा गत शुक्रबार दुर्घटनाग्रस्त भएको छ। 

शरणार्थी सम्वन्धि राष्ट्रसंघीय उच्चायोगका प्रतिनिधिले डुंगा दुर्घटनामा असी जना बेपत्ता भएका घटनामा बाँच्न सफल आप्रवासीहरुले जानकारी दिएका बताएका छन्।

सामुद्रिक बाटो भएर यूरोप तथा अमेरिका प्रवेश गर्ने क्रममा केही महिनायता भएको यो सबैभन्दा ठूलो दुर्घटना हो। 

घटनामा परेका करिव ५० जनालाई लिवियाली सामान बोक्ने डुङ्गाको सहयोगमा उद्धार गरिएको यूएनएचसीआरले बताएको छ। 

वेपत्ता हुनेमा केही महिला तथा बालबालिकासमेत छन्। 

रबरका सानो खालको डुङ्गामा भारवहन क्षमता भन्दा बढी यात्रु बोकेका कारण डुङ्गा दुर्घटनाग्रस्त भएको यात्रुले बताएका जनाइएको छ ।रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell