PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

  • बाबुराम भट्टराई भन्छन्–‘जेठ १५ अघि नै दोस्रो चरणको निर्वाचन’

    बाबुराम भट्टराई भन्छन्–‘जेठ १५ अघि नै दोस्रो चरणको निर्वाचन’

    गोरखाः नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले जेठ १५ अगावै दोस्रो चरणको निर्वाचन गर्नुपर्ने बताएका छन्। गोरखाको पस्लाङमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले संविधानअनुसार आगामी जेठ १५ गते नै बजेट ल्याउनुपर्ने र त्यसअघि स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउनुपर्ने बताएका हुन्।  उनले भागबन्डाको राजनीतिले देश भाँडभैलोतर्फ गएको र लोकतन्त्रलाई तहसनहस पार्ने काम भइरहेकोसमेत बताए।  निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउनुपर्नेमा सरकार…

    विस्तृतमा पढ्नुस्

  •  निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा चन्द माओवादीका २१ कार्यकर्ता पक्राउ

     निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा चन्द माओवादीका २१ कार्यकर्ता पक्राउ

    चितवनः निर्वाचन विरोधी गतिविधिमा सक्रिय नेपाल कम्युनिस्ट पार्टीका २१ नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  प्रहरीका अनुसार सो पार्टीका केन्द्रीय सदस्य एवम् अखिल नेपाल शिक्षक सङ्गठन चितवनका अध्यक्ष कृष्णबहादुर परियार, अखिल नेपाल महिला सङ्घका जिल्ला अध्यक्ष विष्णु कोइरालालगायतका नेता कार्यकर्ता पक्राउ परेका हुन्। पक्राउ परेकामध्ये नौ जना नेकपाले गठन गरेको सैन्य दस्ताका रहेको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। …

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य उपकरणको अधिकतम खुद्रा मूल्य तोकिने

    स्वास्थ्य उपकरणको अधिकतम खुद्रा मूल्य तोकिने

    कल्पना पौडेल  काठमाडौंः सरकारले पहिलोपटक प्रविधिजन्य सामग्री र उपकरणको खरिद र वितरणलाई व्यवस्थित गर्न ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका, २०७४’ ल्याएको छ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयले पेस गरेको उक्त निर्देशिकालाई पारित गरेपछि स्वास्थ्य सामग्री तथा उपकरणको मूल्य निर्धारण नहुँदा भइरहेको अनियमिततालाई नियन्त्रण गर्न पहिलो पटक बाटो खुलेको हो।  स्वास्थ्य मन्त्री गगन थापाले निर्देशिका पारित भएसँगै प्रविधिजन्य स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • जापानमा ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प 

    जापानमा ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प 

    टोकियोः दक्षिणी जापानमा मङ्गलबार शक्तिशाली भूकम्प गएको छ।  दक्षिणी ओकिनावानमा अवस्थित मियाको द्विपको १० किलोमिटर गहिराईमा ६ रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजिएसले जानकारी दिएको छ।  जापानको मौसम विज्ञान विभागका अनुसार भूकम्पका कारण समूद्रंको स्तरका केही परिवर्तन आएको तर सुनामीको कुनै खतरा रहेको छैन ।  जापानको राजधानी टोकियोबाट करिब १ हजार ८४० किलोमिटर दक्षिणपश्चिमका पर्ने कियाकोको जनसङ्ख्या…

    विस्तृतमा पढ्नुस्

  • राउटेको उपचार र कुलपूजाका लागि प्रधानमन्त्री कार्यालयद्वारा पाँच लाख सहयोग

    राउटेको उपचार र कुलपूजाका लागि प्रधानमन्त्री कार्यालयद्वारा पाँच लाख सहयोग

    काठमाडौंः आगलागीमा परी घाइते भएका राउटे कपिल शाहीको उपचार र राउटेको कुलपूजाका लागि प्रधानमन्त्री कार्यालयले पाँच लाख रुपैयाँ सहयोग गरेको छ।  प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि प्रधानमन्त्री कार्यालयले १२ वर्षको एकपटक गर्ने राउटेहरुको महाकुल पूजा र उपचाररत शाहीको उपचारका लागि सहयोग गरेको हो ।  गतवर्ष अछामको पिडलतडामा आगो ताप्ने क्रममा शाहीको पाखुरा, ढाड र पेट जलेको थियो।  जलेको एक वर्षपछि उपचारका…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण कोरियामा राष्ट्रपति चयनका लागि मतदान

    दक्षिण कोरियामा राष्ट्रपति चयनका लागि मतदान

    सोलः नयाँ राष्ट्रपति चयनका लागि दक्षिण कोरियामा मङ्गलबार देशभरी मतदान भइरहेको छ।  निवर्तमान राष्ट्रपति पार्क गेउन भ्रष्टाचारको अभियोग लागेर पदमुक्त भएपछि दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयन गर्न मतदान भइरहेको हो।  मतदानका लागि देशभरी १३ हजार ९६४ मतदान केन्द्रहरु रहेको सरकारी अधिकारीले बताएका छन्। स्थानीय समयानुसार विहान ६ बजेदेखि सुरु भएको मतदानकार्य बेलुका ८ बजेसम्म हुनेछ।  अघिल्लो पटक सन् २०१२ मा…

    विस्तृतमा पढ्नुस्

  • मतदातालाई मतदान केन्द्रमा पनि मतदाता शिक्षा दिइने

    मतदातालाई मतदान केन्द्रमा पनि मतदाता शिक्षा दिइने

    काठमाडौंः स्थानीय तह निर्वाचनका लागि मतदातालाई निर्वाचन चिह्नबारे जानकारी दिन वैशाख २८ गतेदेखि ३० गतेसम्म ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता/स्वयम्सेवक परिचालन गरिने भएको छ।  सबै मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता/स्वयम्सेवकलाई अनिवार्य रूपमा उपस्थित भई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्वाचन आयोगले मतदाता शिक्षा कार्यकर्ता/स्वयम्सेवकलाई आदेश दिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।  आयोगले वैशाख २८, २९…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंकै मतदाता गुनासो गर्छन्–‘मतदाता शिक्षा पाइएन’

    काठमाडौंकै मतदाता गुनासो गर्छन्–‘मतदाता शिक्षा पाइएन’

    काठमाडौंः स्थानीय तहको निर्वाचन आउन पाँच दिन मात्र बाँकी हुँदा पनि मतदाता शिक्षा प्रदान गर्ने व्यक्ति नभेटिएक काठमाडौंको उत्तर पूर्वी भेगका मतदाताले गुनासो गरेका छन्। संविधानसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी दुई मतपत्रमा मत दिएकाहरु अहिले एउटै मतपत्रमा सात मत दिन पाइन्छ भन्दा अन्योलमा पर्ने गरेका छन्। प्रचारप्रसारका लागि छोटो समय भएकाले दलहरुलाई पनि प्रत्येक घरमा पुगेर मत माग्ने र…

    विस्तृतमा पढ्नुस्

  • विद्यासुन्दरका १०१ योजनामा ‘मिनी असन बजार’देखि ‘गज्जबको चुलो’सम्म

    विद्यासुन्दरका १०१ योजनामा ‘मिनी असन बजार’देखि ‘गज्जबको चुलो’सम्म

    काठमाडौंः नेकपा एमालेकातर्फबाट काठमाडौं महानगरपालिकाका प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले आफूले जितेपछि एक सय दिनमा गर्ने १०१ कार्यक्रम सार्वजनिक गरेका छन्।  शाक्यका कार्यक्रममा जन्मदेखि मृत्युसम्म चाहिने सामग्रीसहितको “मिनी असन बजार” विभिन्न ठाउँमा सञ्चालनका लागि अध्ययन गर्ने, राज्यले दिँदै आएको मासिक सामाजिक सुरक्षा भत्तामा थप गरी पाँच हजार रुपैयाँ पुर्याउने उल्लेख छ । त्यस्तै ‘घरघरमा अचम्मको सियो र गज्जबको चुलो’ कार्यक्रम सञ्चालन…

    विस्तृतमा पढ्नुस्

  • बम विष्फोटमा परी दक्षिण थाइल्याण्डमा ४० घाइते

    बम विष्फोटमा परी दक्षिण थाइल्याण्डमा ४० घाइते

    बैककः दक्षिणी थाइल्याण्डमा मङ्गलबार भएका दुई वटा बम विस्फोटमा परी कम्तीमा ४० जना घाइते भएका प्रहरीले जानकारी दिएको छ।  पहिलो बम सानो भएको र विस्फोटबाट कुनै क्षति नभएको बताइएको छ। तर, दोस्रो बम भने भीषण भएको र यो कारबम हो या होइन भन्ने प्रष्ट नभएको पत्तानी प्रान्तका प्रहरीले जानकारी दिएका छन्। घाइते भएका चालिसमध्ये एकको अवस्था भने चिन्ताजनक भएको बताइएको…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनबारे बेखबर चितवनको वाल्मीकि आश्रम टोल

    निर्वाचनबारे बेखबर चितवनको वाल्मीकि आश्रम टोल

    नारायण ढुङ्गाना  चितवनः एउटा झुप्रो घरको पिँढीमा एक दम्पती सोमबार दिउसोको गर्मी छल्न सुतिरहेका थिए। आ–आफ्नै मोबाइलमा मस्त थिए उनीहरु।  दाइ! चुनाव लागेको छैन ? पदमबहादुर राना मगर जुरुक्क उठे, “खै चुनाव छ भन्थे क्यारे अरुले त, हामीलाई त था छैन, चुनाव आ’छ कि छैन भनेर । कोही नेताहरु नि आ छैन भोट माग्न।”  “अनि भोट हाल्नचाहिं नजाने उसो भए…

    विस्तृतमा पढ्नुस्

  • करेन्ट लागेर बागलुङमा दुई जनाको मृत्यु

    करेन्ट लागेर बागलुङमा दुई जनाको मृत्यु

    बागलुङः बागलुङ सदरमुकामस्थित नेपाल टेलिकमको कार्यालय परिसरमा करेन्ट लागेर सोमबार बिहान दुई युवाको मृत्यु भएको छ।  करेन्ट लागेर कार्यालयको निर्माणाधीन भवनका कामदार निसीखोला गाउँपालिकाका १५ वर्षीय बमबहादुर घर्ती र दुधन घर्तीको ज्यान गएको प्रहरीले जनाएको छ।  भवन निर्माणस्थल नजिकैको रुखमा रहेको कागको गुँड रडले खसाल्न खोज्दा विद्युत्को हाइटेन्सन लाइनमा रड ठोक्किइ उनीहरुलाई करेन्ट लागेको जनाइएको छ। सुरुमा बमबहादुरलाई करेन्ट लागेको…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियाद्वारा अर्का एक अमेरिकी नागरिक पक्राउ

    उत्तर कोरियाद्वारा अर्का एक अमेरिकी नागरिक पक्राउ

    प्योङ्याङः उत्तर कोरियाले  अर्का एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ।  उत्तर कोरिया विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्योङ्याङले अमेरिकी नागरिक किम हाक सोङ्लाई शनिबार पक्राउ गरेको ‘उत्तर कोरियन सेन्ट्रल न्यूज एजेन्सी’ ले जनाएको छ।  एक महिनाको अन्तररालमा उत्तर कोरियामा पक्राउ पर्ने किम दोस्रो अमेरिकी नागरिक हुन् भने हालसम्म चार जना अमेरिकीलाई पक्राउ गरिएको छ। किम ‘प्योङ्याङ यूनिभर्सिटी अफ साइन्स एण्ड…

    विस्तृतमा पढ्नुस्

  • सरकारी सुविधा नलिने कांग्रेस उम्मेदवारको घोषणा

    सरकारी सुविधा नलिने कांग्रेस उम्मेदवारको घोषणा

    म्याग्दीः नेपाली कांग्रेसकतर्फबाट नगर तथा गाउँपालिकाका प्रमुखका उम्मेदवारले निर्वाचनमा विजयी भए कुनैपनि सरकारी सुविधा प्रयोग नगर्ने घोषणा गरेका छन्।  बेनी नगरपालिकामा कांग्रेसबाट प्रमुखका प्रत्यासी हरिकुमार श्रेष्ठ, अन्नपूर्ण गाउँपालिकाका प्रमुख डमबहादुर पुन र रघुगङ्गा गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले सुविधा नलिने घोषणा गरेका हुन्।  कांग्रेस–माओवादी गठबन्धनबाट प्रमुखका प्रत्यासी बनेका हरिकुमार श्रेष्ठले वडा कार्यालयसम्म सडक कालोपत्रे, गलेश्वर, पुलाश्रम, स्वर्गाश्रमजस्ता धार्मिक पर्यटकीय गन्तव्यको विकास,…

    विस्तृतमा पढ्नुस्

  • शिवपुरीस्थित खानेपानी उद्योगमा पेट्रोल बम प्रहार

    शिवपुरीस्थित खानेपानी उद्योगमा पेट्रोल बम प्रहार

    काठमाडौंः शिवपुरी खानेपानी उद्योगमा अज्ञात समूहले सोमबार  बिहान पेट्रोल बम प्रहार गरी क्षति पुर्याएको छ।  कम्पनीका सञ्चालक रमेश महतका अनुसार माक्स लगाएर आएका पाँचजनाको समूहले कम्पनीका पालेलाई नियन्त्रणमा लिई अन्धाधुन्ध पेट्रोल बम प्रहार गरेको हो।  बम प्रहारबाट कम्पनीभित्र राखिएको बा६च ११७२ नम्बरको कारमा पूर्ण क्षति पुगेको छ भने बा ५१ प ८५१३ नम्बरको मोटरसाइकल पूर्ण क्षति भएको छ । त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • ओलीले भने–‘एमालेले जितेपछि घोषणापत्र छाप्नसमेत विदेशी कागज प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ’

    ओलीले भने–‘एमालेले जितेपछि घोषणापत्र छाप्नसमेत विदेशी कागज प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ’

    काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले स्थानीय निर्वाचन जितेपछि स्वदेशी उद्योग र उत्पादनलाई प्राथमिकता दिने बताएका छन्।  एमाले काठमाडौँ महानगरपालिकाको पदयात्रा तथा घरदैलो कार्यक्रमको वडा नम्बर २१ स्थित लगनमा शुभारम्भ गर्दै अध्यक्ष ओलीले भृकुटी कागज, बाँसबारी छालाजुत्ताजस्ता उद्योग बन्द हुनु विडम्बना भएको भन्दै एमालेले जितेपछि त्यस्तो अवस्थाको अन्त्य हुने बताएका हुन्।  उनले भने, “बाँसबारी छाला जुत्ता कारखाना…

    विस्तृतमा पढ्नुस्

  • अखिल क्रान्तिकारीद्वारा शैक्षिक आमहड्तालको घोषणा

    अखिल क्रान्तिकारीद्वारा शैक्षिक आमहड्तालको घोषणा

    कैलालीः नेत्रविक्रम चन्दनिटक अखिल क्रान्तिकारीले कैलालीमा आजदेखि अनिश्चितकालीन शैक्षिक आमहड्तालको घोषणा गरेको छ ।  आफ्ना पक्राउ परेका नेताको रिहाइको माग गर्दै क्रान्तिकारीले शैक्षिक आमहड्तालको घोषणा गरेका हो। शुल्क वृद्धिबिरुद्ध वैशाख २२ गते संयुक्त विद्यार्थीको आन्दोलनका क्रममा भएको तोडफोड र प्याब्सनका पूर्वअध्यक्ष आरसी यादवलाई अभद्र व्यवहारमा संलग्न भएको भन्दै सेती अञ्चल ब्युरो इन्चार्ज बिमल धामी र कैलाली सहसचिव रमेश साउँदविरुद्ध जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • बढायो कालीगण्डकीमा स्टिमर सेवाले आन्तरिक पर्यटक

    बढायो कालीगण्डकीमा स्टिमर सेवाले आन्तरिक पर्यटक

    पर्वतः कालीगण्डकीमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि शालिग्राम शीला अवलोकन गर्ने आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ।  कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको बाँध निर्माणपछि बनेको तालमा कालीगण्डकी जल यातायात व्यवसायी समितिले स्टिमर सञ्चालनमा ल्याएपछि आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो। स्टिमरमा जलयात्रा गर्न र शालिग्राम शीलाको अवलोकन गर्नका लागि विभिन्न जिल्लाबाट आउने पर्यटकका लागि पछिल्लो समय भ्रमणको गन्तव्य नै बन्ने गरेको छ। पर्वत,…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनामा म्यादी प्रहरीको मृत्यु

    दुर्घटनामा म्यादी प्रहरीको मृत्यु

    नवलपरासीः नवलपरासीको रामग्राम नगरपालिका मन्झरियामा भएको सवारी दुर्घटनामा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ।  आइतबार राति भएको दुर्घटनामा घाइते भएका रामग्राम–१२ निवासी २५ वर्षीय राजसिंह चौधरीको उपचारका क्रममा आज मृत्यु भएको हो।  परासीबाट भैरहवातर्फ जाँदै गरेको लु२५प ५७७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। रासस   

    विस्तृतमा पढ्नुस्

  • पहिलो चरणको निर्वाचनः आयोगले तोकेअनुसार खर्च गरेमात्रै पनि १६ अर्ब नाघ्ने

    पहिलो चरणको निर्वाचनः आयोगले तोकेअनुसार खर्च गरेमात्रै पनि १६ अर्ब नाघ्ने

    हरि लामिछाने  काठमाडौंः आगामी आइतबार हुन लागेको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारको प्रचारप्रसारका लागि अर्बौं रकम खर्च हुने देखिएको छ।  प्रदेश नम्बर ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका दुई सय ८३ वटा स्थानीय तहमा हुने निर्वाचनका लागि दर्ता भएका कुल ४९ हजार ७१ जना उम्मेदवारको प्रचारप्रसारमा खर्च अर्बौं हुने देखिएको हो।  निर्वाचन आयोगले महानगर प्रमुख र उपप्रमुख, उपमहानगर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell