PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

जापानमा ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प 



रासस

जापानमा ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प 
फोटो श्रोतः indianexpress.com

टोकियोः दक्षिणी जापानमा मङ्गलबार शक्तिशाली भूकम्प गएको छ। 

दक्षिणी ओकिनावानमा अवस्थित मियाको द्विपको १० किलोमिटर गहिराईमा ६ रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजिएसले जानकारी दिएको छ। 

जापानको मौसम विज्ञान विभागका अनुसार भूकम्पका कारण समूद्रंको स्तरका केही परिवर्तन आएको तर सुनामीको कुनै खतरा रहेको छैन । 
जापानको राजधानी टोकियोबाट करिब १ हजार ८४० किलोमिटर दक्षिणपश्चिमका पर्ने कियाकोको जनसङ्ख्या ५५ हजार रहेको छ । 

जापानमा सन् २०११ को मार्च ११ मा समुद्र सतहतल केन्द्रविन्दु भई गएको करिब ९ रिक्टर स्केलको भूकम्पपछिको सुनामीमा परी १८ हजार ५०० मारिएका थिए। रासस /एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell