PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

शिवपुरीस्थित खानेपानी उद्योगमा पेट्रोल बम प्रहार



रासस

शिवपुरीस्थित खानेपानी उद्योगमा पेट्रोल बम प्रहार
फोटो श्रोतःeclecticnortheast.in

काठमाडौंः शिवपुरी खानेपानी उद्योगमा अज्ञात समूहले सोमबार  बिहान पेट्रोल बम प्रहार गरी क्षति पुर्याएको छ। 

कम्पनीका सञ्चालक रमेश महतका अनुसार माक्स लगाएर आएका पाँचजनाको समूहले कम्पनीका पालेलाई नियन्त्रणमा लिई अन्धाधुन्ध पेट्रोल बम प्रहार गरेको हो। 

बम प्रहारबाट कम्पनीभित्र राखिएको बा६च ११७२ नम्बरको कारमा पूर्ण क्षति पुगेको छ भने बा ५१ प ८५१३ नम्बरको मोटरसाइकल पूर्ण क्षति भएको छ । त्यस्तै बा२६प ८५१३ को मोटरसाइकलमा आंशिक क्षति पुगेको छ। 

नेपाली काँग्रेसका नेता महतले निर्वाचनका समयमा राजनीतिक प्रतिशोध राखेर आफ्नो कम्पनीमाथि आक्रमण भएको आरोप लगाएका छन्। प्रहरीले कम्पनीमा भएको क्षतिको विवरण तथा आक्रमणकारीको खोजी कार्य अघि बढाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell