PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

बम विष्फोटमा परी दक्षिण थाइल्याण्डमा ४० घाइते



रासस

बम विष्फोटमा परी दक्षिण थाइल्याण्डमा ४० घाइते
फोटो श्रोतःchannelnewsasia.com

बैककः दक्षिणी थाइल्याण्डमा मङ्गलबार भएका दुई वटा बम विस्फोटमा परी कम्तीमा ४० जना घाइते भएका प्रहरीले जानकारी दिएको छ। 

पहिलो बम सानो भएको र विस्फोटबाट कुनै क्षति नभएको बताइएको छ।

तर, दोस्रो बम भने भीषण भएको र यो कारबम हो या होइन भन्ने प्रष्ट नभएको पत्तानी प्रान्तका प्रहरीले जानकारी दिएका छन्। घाइते भएका चालिसमध्ये एकको अवस्था भने चिन्ताजनक भएको बताइएको छ। 

पछिल्लो आक्रमण पत्तानी प्रान्तको एक सहर नजिकैको सुपरमार्केटबाहिर स्थानीय समयानुसार मङ्गलबार दिउसो दुई बजे विष्फोट भएको थियो ।

बौद्धधर्मावलम्बीहरुको बाहुल्यता रहेका थाइल्याण्डमा मुसलमानको बलियो प्रभाव रहेको सीमा क्षेत्रमा दशकौँदेखि हिंसा जारी छ। 

दक्षिणी थाइल्याण्डको अशान्त क्षेत्रमा सन् २००४ देखि हालसम्म भएका बम आक्रमणलगायत हिंसामा परी ६ हजार भन्दा बढीको मृत्यु भइसेकेको छ । रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell