PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

 निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा चन्द माओवादीका २१ कार्यकर्ता पक्राउ



रासस

 निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा चन्द माओवादीका २१ कार्यकर्ता पक्राउ

चितवनः निर्वाचन विरोधी गतिविधिमा सक्रिय नेपाल कम्युनिस्ट पार्टीका २१ नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रहरीका अनुसार सो पार्टीका केन्द्रीय सदस्य एवम् अखिल नेपाल शिक्षक सङ्गठन चितवनका अध्यक्ष कृष्णबहादुर परियार, अखिल नेपाल महिला सङ्घका जिल्ला अध्यक्ष विष्णु कोइरालालगायतका नेता कार्यकर्ता पक्राउ परेका हुन्। पक्राउ परेकामध्ये नौ जना नेकपाले गठन गरेको सैन्य दस्ताका रहेको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। 

पार्टीले ठाउँ–ठाउँमा पेट्रोल बम प्रहार गर्नुका साथै निर्वाचन विरोधी गतिविधि बढेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। 

जिल्लाका संवेदनशीलस्थल र सहरी क्षेत्रका चोक–चोकमा प्रहरी तैनाथी बढाइएको छ।

उपरीक्षक थापाका अनुसार सुरक्षाका लागि चितवनमा तीन हजार दुई सय नेपाल प्रहरी र एक हजार दुई सय ५५ म्यादी प्रहरी परिचालन गरिएको छ। जिल्लालाई १० मुख्य क्षेत्रका रुपमा विभाजन गरेर सुरक्षा मजबुत गराइएको बताइएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell