PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

करेन्ट लागेर बागलुङमा दुई जनाको मृत्यु



रासस

करेन्ट लागेर बागलुङमा दुई जनाको मृत्यु
फोटो श्रोतः dawsonpower.com

बागलुङः बागलुङ सदरमुकामस्थित नेपाल टेलिकमको कार्यालय परिसरमा करेन्ट लागेर सोमबार बिहान दुई युवाको मृत्यु भएको छ। 

करेन्ट लागेर कार्यालयको निर्माणाधीन भवनका कामदार निसीखोला गाउँपालिकाका १५ वर्षीय बमबहादुर घर्ती र दुधन घर्तीको ज्यान गएको प्रहरीले जनाएको छ। 

भवन निर्माणस्थल नजिकैको रुखमा रहेको कागको गुँड रडले खसाल्न खोज्दा विद्युत्को हाइटेन्सन लाइनमा रड ठोक्किइ उनीहरुलाई करेन्ट लागेको जनाइएको छ। सुरुमा बमबहादुरलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा दुधनलाई पनि करेन्ट लागेको थियो। 

मृतक दुवैले केही दिनअघि मात्र टेकिलमको निर्माणाधीन भवनमा काम सुरु गरेका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell