PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

विद्यासुन्दरका १०१ योजनामा ‘मिनी असन बजार’देखि ‘गज्जबको चुलो’सम्म



रासस

विद्यासुन्दरका १०१ योजनामा ‘मिनी असन बजार’देखि ‘गज्जबको चुलो’सम्म

काठमाडौंः नेकपा एमालेकातर्फबाट काठमाडौं महानगरपालिकाका प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले आफूले जितेपछि एक सय दिनमा गर्ने १०१ कार्यक्रम सार्वजनिक गरेका छन्। 

शाक्यका कार्यक्रममा जन्मदेखि मृत्युसम्म चाहिने सामग्रीसहितको “मिनी असन बजार” विभिन्न ठाउँमा सञ्चालनका लागि अध्ययन गर्ने, राज्यले दिँदै आएको मासिक सामाजिक सुरक्षा भत्तामा थप गरी पाँच हजार रुपैयाँ पुर्याउने उल्लेख छ ।

त्यस्तै ‘घरघरमा अचम्मको सियो र गज्जबको चुलो’ कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम पनि शाक्यको प्रतिवद्धतामा उल्लेख छ। 

‘कौसीखेती तथा गार्डेनः घरघरमा जैविक तरकारी खेती’ का लागि आवश्यक बाकस, मल, प्लास्टिक टनेलसहितको प्रविधिका लागि प्रोत्साहनस्वरुप अनुदानको व्यवस्था गर्ने, न्यून शुल्कमा बिरुवा उत्पादनका लागि नर्सरी निर्माण गर्ने समेत उनले प्रतिवद्धता जनाएका छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell