PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

सरकारी सुविधा नलिने कांग्रेस उम्मेदवारको घोषणा



रासस

सरकारी सुविधा नलिने कांग्रेस उम्मेदवारको घोषणा

म्याग्दीः नेपाली कांग्रेसकतर्फबाट नगर तथा गाउँपालिकाका प्रमुखका उम्मेदवारले निर्वाचनमा विजयी भए कुनैपनि सरकारी सुविधा प्रयोग नगर्ने घोषणा गरेका छन्। 

बेनी नगरपालिकामा कांग्रेसबाट प्रमुखका प्रत्यासी हरिकुमार श्रेष्ठ, अन्नपूर्ण गाउँपालिकाका प्रमुख डमबहादुर पुन र रघुगङ्गा गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले सुविधा नलिने घोषणा गरेका हुन्। 

कांग्रेस–माओवादी गठबन्धनबाट प्रमुखका प्रत्यासी बनेका हरिकुमार श्रेष्ठले वडा कार्यालयसम्म सडक कालोपत्रे, गलेश्वर, पुलाश्रम, स्वर्गाश्रमजस्ता धार्मिक पर्यटकीय गन्तव्यको विकास, व्यवस्थित बजार र सरसफाइलाई मुख्य एजेन्डा बनाएका छन्।

नगरपालिकामा एमाले–राप्रपा गठबन्धनबाट प्रमोद श्रेष्ठ प्रमुखका प्रत्यासी बनेका छन्। उनी नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्षसमेत हुन्। 

अन्नपूर्ण गाउँपालिकाको अध्यक्षका उम्मेदवार पुनले आफू विजयी भए पाउने सुविधा वृद्धवृद्धाका लागि खर्च गर्ने बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell