PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

अखिल क्रान्तिकारीद्वारा शैक्षिक आमहड्तालको घोषणा



रासस

अखिल क्रान्तिकारीद्वारा शैक्षिक आमहड्तालको घोषणा

कैलालीः नेत्रविक्रम चन्दनिटक अखिल क्रान्तिकारीले कैलालीमा आजदेखि अनिश्चितकालीन शैक्षिक आमहड्तालको घोषणा गरेको छ । 
आफ्ना पक्राउ परेका नेताको रिहाइको माग गर्दै क्रान्तिकारीले शैक्षिक आमहड्तालको घोषणा गरेका हो।

शुल्क वृद्धिबिरुद्ध वैशाख २२ गते संयुक्त विद्यार्थीको आन्दोलनका क्रममा भएको तोडफोड र प्याब्सनका पूर्वअध्यक्ष आरसी यादवलाई अभद्र व्यवहारमा संलग्न भएको भन्दै सेती अञ्चल ब्युरो इन्चार्ज बिमल धामी र कैलाली सहसचिव रमेश साउँदविरुद्ध जिल्ला प्रहरी कार्यालयमा झुटो मुद्दा लगाई पक्राउ गरेको भन्दै शैक्षिक आमहड्ताल घोषणा गरेको अखिल क्रान्तिकारीका कैलाली उपाध्यक्ष झलक विश्वकर्माले जानकारी दिए। 

कैलाली प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले कैलाली सहसचिव रमेश साउदलाई नियन्त्रणमा लिई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको तर अञ्चल ब्युरो इन्चार्ज धामीलाई भने पक्राउ नगरिएको दाबी गरेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell