PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

बाबुराम भट्टराई भन्छन्–‘जेठ १५ अघि नै दोस्रो चरणको निर्वाचन’



रासस

बाबुराम भट्टराई भन्छन्–‘जेठ १५ अघि नै दोस्रो चरणको निर्वाचन’

गोरखाः नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले जेठ १५ अगावै दोस्रो चरणको निर्वाचन गर्नुपर्ने बताएका छन्।

गोरखाको पस्लाङमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले संविधानअनुसार आगामी जेठ १५ गते नै बजेट ल्याउनुपर्ने र त्यसअघि स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउनुपर्ने बताएका हुन्। 

उनले भागबन्डाको राजनीतिले देश भाँडभैलोतर्फ गएको र लोकतन्त्रलाई तहसनहस पार्ने काम भइरहेकोसमेत बताए। 

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउनुपर्नेमा सरकार र सरकारमा रहेका दल नै गुण्डागर्दीमा उत्रेका भट्टराईको आरोप थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell