PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

राउटेको उपचार र कुलपूजाका लागि प्रधानमन्त्री कार्यालयद्वारा पाँच लाख सहयोग



रासस

राउटेको उपचार र कुलपूजाका लागि प्रधानमन्त्री कार्यालयद्वारा पाँच लाख सहयोग

काठमाडौंः आगलागीमा परी घाइते भएका राउटे कपिल शाहीको उपचार र राउटेको कुलपूजाका लागि प्रधानमन्त्री कार्यालयले पाँच लाख रुपैयाँ सहयोग गरेको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि प्रधानमन्त्री कार्यालयले १२ वर्षको एकपटक गर्ने राउटेहरुको महाकुल पूजा र उपचाररत शाहीको उपचारका लागि सहयोग गरेको हो ।  गतवर्ष अछामको पिडलतडामा आगो ताप्ने क्रममा शाहीको पाखुरा, ढाड र पेट जलेको थियो। 

जलेको एक वर्षपछि उपचारका लागि सहमत भएपछि उनलाई राजधानीमा ल्याई उपचार भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell