PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

मतदातालाई मतदान केन्द्रमा पनि मतदाता शिक्षा दिइने



रासस

मतदातालाई मतदान केन्द्रमा पनि मतदाता शिक्षा दिइने

काठमाडौंः स्थानीय तह निर्वाचनका लागि मतदातालाई निर्वाचन चिह्नबारे जानकारी दिन वैशाख २८ गतेदेखि ३० गतेसम्म ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता/स्वयम्सेवक परिचालन गरिने भएको छ। 

सबै मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता/स्वयम्सेवकलाई अनिवार्य रूपमा उपस्थित भई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्वाचन आयोगले मतदाता शिक्षा कार्यकर्ता/स्वयम्सेवकलाई आदेश दिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए। 

आयोगले वैशाख २८, २९ र ३० गते सबै मतदान केन्द्रबाट मतदाताको परिचयपत्र वितरण गर्ने तयारी गरेको छ।
नमुना मतपत्रसमेत लिएका मतदाता शिक्षा कार्यकर्ता/स्वयम्सेवकले मतदाता परिचयपत्र लिन आउने मतदातालाई मतदान गर्ने सही तरिका सिकाउने छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell