डोल्पा : डोल्पाको एक नगरपालिको वडा अध्यक्ष पदका लागि बुबाछोरा चुनावी मैदानमा उत्रेका छन्। जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढाका अनुसार ठूलीभेरी नगरपालिकास्थित वडा नं २ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) बाट छोरा मानव रोकाय उम्मेदवार बनेका छन् भने नेकपा (एमाले) बाट सोही पदमा बुबा देवी रोकाय उम्मेदवार बनेका छन्। रासस
चितवन : निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले गएराति तीनजनालाई नियन्त्रणमा लिएको छ। मनोनयन दर्ताको काम सकेर प्रचार प्रसारमा लागेका विभिन्न दलका उम्मेदवारलाई जबर्जस्ती मनोनयन फिर्ता लिन लगाउने, घरमा कालो झन्डा गाड्ने लगायतका काम गरेको भन्दै प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी इलाका इन्चार्ज रघुवीर शर्मा, रामबहादुर लामा र रोशन कार्कीलाई पक्राउ गरेको हो। उनीहरुले गएराति खैरहनी…
तेहरानः इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा पहिरो जाँदा कम्तीमा ७० कामदार च्यापिएका छन् । गोलेस्टन प्रदेशको खानीमा मिथेन ग्यास विस्फोट भएको र त्यहाँ रहेका मजदूर च्यापिएका सञ्चारमाध्यमले जनाएका छन्। खानीको एकतर्फ ४० र अर्कोतर्फ ३० देखि ४० जनासम्म कामदार च्यापिएका इरानको आपतकालीन सेवाका प्रमुख पिर हुसैन कोलिभान्दलाई उद्धृत गर्दै इरानको समाचार संस्था आईएसएनएले जनाएको छ। उनले १२ जना घाइतेलाई…
चीनः चीनको उत्तरी क्षेत्रमा पर्ने भित्री मङ्गोलीया स्वायत्त प्रदेशमा भएको डढेलो नियन्त्रण गर्न सात हजार सात सय जना लगातार प्रयासरत छन्। मङ्गलबारदेखि सुरु भएको डढेलो नियन्त्रण गर्न उनीहरुले प्रयास गरिरहेका अधिकारीहरुले जनाएका छन्। ग्रेटर हिङ्गन पहाडमा पर्ने बेइडाहे जङ्गलमा आगलागी भएको हो। मङ्गलबार बिहानसम्म जङ्गलको पाँच हजार हेक्टर क्षेत्रमा आगलागी फैलिएको आगलागी नियन्त्रणसम्बन्धी क्षेत्रीय कार्यालयले जनाएको छ। सुख्खा वनस्पती, तीब्रगतिमा…
तेहरानः इरानको एक कोइला खानीमा बिष्फोट हुँदा ३५ जनाको मृत्यु भएको छ। इरानको दि फार्स, मेहर र तस्निम नामक तीनवटा अर्ध सरकारी समाचार समितिहरुद्वारा प्रकाशित अलग–अलग समाचारमा कम्तीमा ३५ कामदारको मृत्यु भएको पुष्टि गरिएको छ। इरानको उत्तरी प्रान्त गोलेस्तानमा अवस्थित जामेस्तान्युर्त कोइला खानीमा भएको ग्यास बिस्फोटनका कारण उनीहरुको मृत्यु भएको हो। बिस्फोटनको यकिन कारण बाहिर ल्याइएको छैन। पेट्रोलियम इन्धन धनी…
मोगादिसुः सोमालियाका एक जना मन्त्रीको हत्या भएको छ । सोमालियाका सार्वजनिक कार्य र पुनर्निर्माणमन्त्री अब्बास अब्दुल्लाही सेख सिराजीको हत्या भएको हो। सोमालियाको राष्ट्रपति कार्यालय नजिकै बन्दुकधारीले उनको हत्या गरेको सूचना तथा सञ्चारमन्त्री अब्दुराहमन ओमर ओस्मनले पुष्टी गरेका छन्। मन्त्री सिराजीको हत्याको कारणका बारेमा अनुसन्धान गर्न सरकारले छुट्टै टोली खटाएको छ। सोमालियाका एक जना बरिष्ठ प्रहरी अधिकारीले घटनाका बारेमा अनुसन्धान…
काठमाडौंः यसवर्षको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार सङ्गीतकार रायन (नारायणभक्त श्रेष्ठ), नृत्य निर्देशक राधेश्याम प्रधान, लोक गायिका चन्द्रकला शाह र नाटककार अशेष मल्ललाई प्रदान गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सातौँ वार्षिकोत्सवका अवसरमा बिहीबार उनीहरुलाई जनही एक लाख राशिको पुरस्कार प्रदान गरिन्। विसं २००० मा ओखलढुङ्गामा जन्मिएका रायन (नारायण श्रेष्ठ) का ‘टुकी’ (कथा), ‘जितेन्द्र’…
काठमाडौँ : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाभियोगको प्रस्तावको समर्थन वा विरोधको कुनै पनि कार्यक्रम नगर्न निर्देशन दिएको छ । बारका महासचिव खम्बबहादुर खातीले आज जारी गरेको परिपत्रमा महाभियोगको प्रस्ताव संसद्को अधिकार क्षेत्रसमेत रहेको कुरालाई ध्यानमा राखी कुनै बार एकाइलाई उक्त प्रस्तावमा समर्थन वा विरोधको कुनै पनि कार्यक्रम नगर्न नगराउन भनिएको छ। प्रस्ताव संवैधानिक प्रक्रियागत रुपमा अगाडि…
राजविराज : विद्युत् चोरी गर्ने १२ जनालाई मंगलबार पक्राउ गरिएको छ। नेपाल विद्युत् प्राधिकरण, राजविराज तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त अनुगमन टोलीले जिल्लाको पश्चिमी भेगमा पोलमा सिधै अङ्कुश लगाई गरी विद्युत् चोरी गर्ने १२ जनालाई पक्राउ गरेको प्राधिकरणका प्रमुख रामउद्गार साहले बताए। पक्राउ परेका व्यक्तिलाई विद्युत् चोरी ऐनअन्तर्गत कारबाही गरिने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले…
अङ्काराः टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले टर्कीको सत्ताधारी दल ‘इस्लामिक जस्टिस एन्ड डेभलपमेन्ट पार्टी’ (एकेपी) मा पुनःफर्किएका छन्। एकेपीका सहसंस्थापकसमेत रहेका एर्डोगानले टर्कीको राजधानी इस्तानबुलमा एक भव्य समारोहका बीच सदस्यता पत्रमा हस्ताक्षर गरी आफूले पुरानै पार्टीमा समाहित भएको बताएका हुन्। एर्डोगानको पुनःरागमनले पार्टीका नेता तथा कार्यकर्ता उत्साहित बन्दै उनलाई राष्ट्रिय गान गाएर स्वागत गरेका थिए। समारोहमा आफ्नी धर्मपत्नी एमिनसँगै पुगेका…
नाइजेरियाः नाइजेरियाका नागरिक समाजका नेताहरूले राष्ट्रपति मुहम्मद बुहारीलाई लामो उपचार बिदामा बस्न आग्रह गरेका छन्। चौहत्तर वर्षीय राष्ट्रपति बुहारीको स्वास्थ्यमा समस्या देखिएपछि उनी सन् २०१७ मा करिब दुई महिना लन्डनमा उपचारका लागि बसेका थिए। उनको रोगबारे केही नबताइए पनि केही समयदेखि अस्वस्थताका कारण मन्त्रिपरिषद्को बैठकमासमेत उपस्थित भएका छैनन्। राष्ट्रपति बुहारीले आफूलाई ‘ब्लड ट्रान्सफुजन’ लगायतका अन्य परीक्षण गरेको तर आफू जटिल…
पर्साः बैंकबाट झिकिएको चार लाख रुपैयाँ लुट्ने एक भारतीय युवकलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ। वीरगन्जको आदर्शनगर चोकस्थित सिटिजन्स बैंकबाट झिकिएको रुपैयाँ खोसी भाग्ने क्रममा प्रहरीले भारत विहारका २० वर्षीय अमिर गवालालाई पक्राउ गरेको हो। बारा कलैयाका जटाशङ्कर साहले मंगलबार दिउसो सिटिजन्स बैंकबाट झिकेको चार लाख रुपैयाँ गवालले खोसी भाग्न लाग्दा प्रहरी टोलीले पक्राउ गरेको थियो। गवालालाई आवश्यक अनुसन्धानका लागि…
झापाः झापाको बुद्धशान्ति गाउँपालिकामा रहेको शान्तिनगर स्वास्थ्य चौकीबाट प्रसुतिसहितका सेवा दिन थालिएको छ। एक करोड ३० लाख २९ हजार रुपैयाँको लागतमा चारसय ९५ वर्ग मिटर क्षेत्रफलमा दुईतले भवन निर्माण गरिएसँगै स्वास्थ्य चौकीबाट प्रसुतिसहितका सेवा दिन थालिएको हो। स्वास्थ्य चौकीबाटै प्रसुतिसहितका सेवा प्रदान गरिने भएपछि उत्तरी झापा र दक्षिणी इलामका वासिन्दा बढी लाभान्वित हुनेछन्।रासस
इस्लामाबादः पाकिस्तानमा चार तालीवान लडाकुलाई बुधबार फाँसीको सजाय दिइएको छ। आतङ्कबादमा सलग्नता रहेको आरोपमा ती चार जनालाई फाँसी दिइएको पाकिस्तानी सैनिक स्रोतले जानकारी दिएको छ। सेनाद्वारा प्रकाशित विज्ञप्तिका अनुसार निर्दोष नागरिकमाथि आक्रमण र सशस्त्रबल माथि आक्रमणजस्ता आतङ्ककारी आक्रमणमा सलग्नता रहँदै आएको आरोपमा चार जनालाई फाँसी दिइएको हो। फाँसीका सजाय पाएका ती आतङ्ककारी प्रतिबन्धित समूह तेहरिक ए तालिवन पाकिस्तानसँग आवद्ध रहेको…
भक्तपुरः भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेलमा बा १२ च ८७७४ नम्बरको मिनीट्रकले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ। मिनीट्रकको ठक्करबाट सडकमा खेल्दै गरेका रामेछाप घर भई झौखेल बस्ने ३० महिनाका बालक एनिक श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। मिनीट्रकको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। रासस
काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा नौकुण्ड गाउँपालिका–१ र २ को कार्यालयको संयुक्त जिम्मेवारी निर्वाह गर्दै आएका वडा सचिव राजेन्द्रकुमार आचार्य र सोही कार्यालयका कार्यालय सहयोगी श्लोक लामालाई घुस रकमसहित बुधबार पक्राउ गरेको छ। स्थानीय बासिन्दालाई केरुङ नाका भई चीन प्रवेशका लागि अध्यागमन कार्यालयबाट प्रवेशाज्ञा लिनका लागि आवश्यक पर्ने सिफारिसका लागि सेवाग्राहीसँग सचिव आचार्यले एक लाख तीस हजार र कार्यालय…
झापाः झापाको मेचीनगर नगरपालिका बडा नम्बर ६ बाट मानव खप्परसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। भारतको दार्जिलिङ खोरीबारी थाना गौरसिंहजोरका ६६ वर्षीय भगीरथ सिंह १५ थान मानव खप्परसहित सोमबार राति पक्राउ परेका हुन्। काँकडभिट्टाबाट नेपाल आउँदै गरेका उनलाई चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। रासस …
अबुधाबीः जर्मन चान्सलर एन्जेला मर्केलले संयुक्त अरब इमिरेट्सका राजकुमार मोहम्मद बिन जैयद अल नाहयानसँग अरब क्षेत्रको सुरक्षा र अर्थतन्त्रका विषयमा छलफल गरेकी छन्। दुई नेताबीचको कुराकानी दुई पक्षीय राजनीतिक एवम् आर्थिक सम्बन्ध, सिरियालगायत लिबिया र यमनमा जारी द्वन्द्वका विषयमा केन्द्रित भएको यूएईको राष्ट्रिय समाचार संस्था ९वाम० ले जनाएको छ । भेटका क्रममा उनीहरुले आतङ्कवादविरुद्धको लडाइँमा सहकार्य गर्ने विषयमा पनि छलफल…
जेनेभाः संयुक्त राष्ट्रसंघले सिरियामा पछिल्लो समय भएका मानवताविरोधी घटनाको छिट्टै छानविन सुरु गर्ने भएको छ। स्विट्जरल्यान्डको जेनेभामा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रसङ्घ मानवअधिकार प्रमुख जैयद राद हुसैनले अनुसन्धान अघि बढाउन ख्यातिप्राप्त न्यायाधीश र अन्तर्राष्ट्रिय वकिलले छानबिन समितिको नेतृत्व गर्ने जानकारी दिए। हुसेनले छानबिन समितिको नाम र सदस्य छिट्टै घोषणा हुने बताए। छानबिनका लागि सुरुमा एक करोड ३० लाख अमेरिकी डलर छुट्याइएको…
कराकासः भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले नयाँ संविधान बनाउनका लागि संविधानसभा गठन गर्न आह्वान गरेका छन्। लामो समयदेखि मुलुकमा जारी राजनीतिक सङ्कट समाधानका लागि संविधानसभा गठन गर्नु परेको राष्ट्रपति मादुरोले संकेत गरेका छन्। दक्षिण अमेरिकी देश भेनेजुएलाको भविष्यका बारेमा निर्णय गर्न उनले फरक फरक राजनीतिक पार्टी र सामाजिक समूहहरुलाई आह्वान गरेका छन्। “मुलुकको आवश्यकता, उपलव्धिहरुको रक्षा र शान्ति स्थापनाका…