PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

चार लाख लुटेर भाग्दै गरेका भारतीय नागरिक पक्राउ



रासस

चार लाख लुटेर भाग्दै गरेका भारतीय नागरिक पक्राउ

पर्साः बैंकबाट झिकिएको चार लाख रुपैयाँ लुट्ने एक भारतीय युवकलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ। 
वीरगन्जको आदर्शनगर चोकस्थित सिटिजन्स बैंकबाट झिकिएको रुपैयाँ खोसी भाग्ने क्रममा प्रहरीले भारत विहारका २० वर्षीय अमिर गवालालाई पक्राउ गरेको हो। 

बारा कलैयाका जटाशङ्कर साहले मंगलबार दिउसो सिटिजन्स बैंकबाट झिकेको चार लाख रुपैयाँ गवालले खोसी भाग्न लाग्दा प्रहरी टोलीले पक्राउ गरेको थियो।
गवालालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ। गवालामाथि लुटपाट मुद्दा चलाउने प्रहरीले जनाएको छ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell