PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

जर्मन चान्सलर मर्केल र यूएइका राजकुमारबीच अरब क्षेत्रको सुरक्षाका बिषयमा कुराकानी



रासस

जर्मन चान्सलर मर्केल र यूएइका राजकुमारबीच अरब क्षेत्रको सुरक्षाका बिषयमा कुराकानी

अबुधाबीः जर्मन चान्सलर एन्जेला मर्केलले संयुक्त अरब इमिरेट्सका राजकुमार मोहम्मद बिन जैयद अल नाहयानसँग अरब क्षेत्रको सुरक्षा र अर्थतन्त्रका विषयमा छलफल गरेकी छन्। 

दुई नेताबीचको कुराकानी दुई पक्षीय राजनीतिक एवम् आर्थिक सम्बन्ध, सिरियालगायत लिबिया र यमनमा जारी द्वन्द्वका विषयमा केन्द्रित भएको यूएईको राष्ट्रिय समाचार संस्था ९वाम० ले जनाएको छ । भेटका क्रममा उनीहरुले आतङ्कवादविरुद्धको लडाइँमा सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो। 

अरब राष्ट्रमा यूएई जर्मनीको मुख्य व्यापारिक कारोबार रहेको वाम न्युज एजेन्सीले बताएको छ। 

त्यसैगरी, जर्मन सरकारी स्रोतका अनुसार जर्मनीको यूएईमा करिब दुई अर्ब ४० करोड अमेरिकी डलर बराबरको लगानी रहेको छ। 

मर्केलले यूएई आउनुपूर्व साउदी अरबको पनि भ्रमण गरी आपसी हितका कैयौँ सम्झौतामा हस्ताक्षर गरेकी छन्।रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell