PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

 राष्ट्रसंघले सिरियामा भएका मानवताविरोधी घटनाको छिट्टै छानबिन सुरु गर्ने



रासस

 राष्ट्रसंघले सिरियामा भएका मानवताविरोधी घटनाको छिट्टै छानबिन सुरु गर्ने

जेनेभाः  संयुक्त राष्ट्रसंघले सिरियामा पछिल्लो समय भएका मानवताविरोधी घटनाको छिट्टै छानविन सुरु गर्ने भएको छ।

स्विट्जरल्यान्डको जेनेभामा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रसङ्घ मानवअधिकार प्रमुख जैयद राद हुसैनले अनुसन्धान अघि बढाउन ख्यातिप्राप्त न्यायाधीश र अन्तर्राष्ट्रिय वकिलले छानबिन समितिको नेतृत्व गर्ने जानकारी दिए। हुसेनले छानबिन समितिको नाम र सदस्य छिट्टै घोषणा हुने बताए। 

छानबिनका लागि सुरुमा एक करोड ३० लाख अमेरिकी डलर छुट्याइएको र आधा बजेटको व्यवस्था भइसकेको छ। साथै बाँकी आधा बजेट व्यवस्थापनका लागि अन्य देशले प्रतिबद्धता जनाइसकेका कारण पूर्ण बजेटको छिट्टै टुङ्गो लाग्नेछ। 

छानबिन टोलीले युद्धमा दोषी देखिएकामाथि कारबाहीका लागि अन्तर्राष्ट्रिय अदालतमा सिफारिस गर्ने जनादेश प्रदान गरेको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell