
चीनः चीनको उत्तरी क्षेत्रमा पर्ने भित्री मङ्गोलीया स्वायत्त प्रदेशमा भएको डढेलो नियन्त्रण गर्न सात हजार सात सय जना लगातार प्रयासरत छन्।
मङ्गलबारदेखि सुरु भएको डढेलो नियन्त्रण गर्न उनीहरुले प्रयास गरिरहेका अधिकारीहरुले जनाएका छन्। ग्रेटर हिङ्गन पहाडमा पर्ने बेइडाहे जङ्गलमा आगलागी भएको हो।
मङ्गलबार बिहानसम्म जङ्गलको पाँच हजार हेक्टर क्षेत्रमा आगलागी फैलिएको आगलागी नियन्त्रणसम्बन्धी क्षेत्रीय कार्यालयले जनाएको छ।
सुख्खा वनस्पती, तीब्रगतिमा चलिरहेको हावा, उच्च तापक्रमलगायतका कारणले आगलागी नियन्त्रण गर्न कठिनाई भइरहेको आगलागी नियन्त्रणमा खटिएकाले बताएका छन्।
आगो नियन्त्रणका लागि प्रदेश सरकारले अग्नी नियन्त्रक विमानहरु घटनास्थलमा पठाएको जनाएको छ।
बसन्त ऋतुको बेला भित्री मङ्गोलीयामा अरू बेलाभन्दा बढी तापक्रम हुने भएकाले आगलागीको जोखिम बढ्ने गरेको छ।
सिमाना जोडिएको अर्को जङ्गलमा पनि गत आइतबार आगलागी भएको थियो । त्यो भने अहिले नियन्त्रणमा आइसकेको छ। रासस/सिन्ह्वा