
झापाः झापाको बुद्धशान्ति गाउँपालिकामा रहेको शान्तिनगर स्वास्थ्य चौकीबाट प्रसुतिसहितका सेवा दिन थालिएको छ।
एक करोड ३० लाख २९ हजार रुपैयाँको लागतमा चारसय ९५ वर्ग मिटर क्षेत्रफलमा दुईतले भवन निर्माण गरिएसँगै स्वास्थ्य चौकीबाट प्रसुतिसहितका सेवा दिन थालिएको हो।
स्वास्थ्य चौकीबाटै प्रसुतिसहितका सेवा प्रदान गरिने भएपछि उत्तरी झापा र दक्षिणी इलामका वासिन्दा बढी लाभान्वित हुनेछन्।रासस