PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

इरानको कोइला खानीमा फसे ७० कामदार, उद्दार प्रयास जारी



रासस

इरानको कोइला खानीमा फसे ७० कामदार, उद्दार प्रयास जारी
फोटो श्रोतःaljazeera.com

तेहरानः इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा पहिरो जाँदा कम्तीमा ७० कामदार च्यापिएका छन् । 

गोलेस्टन प्रदेशको खानीमा मिथेन ग्यास विस्फोट भएको र त्यहाँ रहेका मजदूर च्यापिएका सञ्चारमाध्यमले जनाएका छन्। 

खानीको एकतर्फ ४० र अर्कोतर्फ ३० देखि ४० जनासम्म कामदार च्यापिएका इरानको आपतकालीन सेवाका प्रमुख पिर हुसैन कोलिभान्दलाई उद्धृत गर्दै इरानको समाचार संस्था आईएसएनएले जनाएको छ। 

उनले १२ जना घाइतेलाई जीवितै बाहिर निकालिएको पनि जानकारी दिएका छन्। 

पहिरो गएपछि सुरुङजस्तो बनेको ठाँउमा ग्यास भरिएकाले उद्धार कार्य निकै कठिन भइरहेको उद्धारकर्ताले बताएका छन्। 

समाचार संस्था इर्नालाई नाम नबताउने सर्तमा एक सरकारी अधिकारीले पहिरोमा पुरिएकामध्ये अधिकांश कामदारको मृत्यु भएको हुनसक्ने बताएका छन्। 

सरकारी सञ्चार माध्यमले खानीमा पहिरो गएको बेला खानीमा पाँच सय कामदार रहेको जनाएको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell