PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

वडा सचिव आचार्य घुससहित अख्तियारको नियन्त्रणमा



रासस

वडा सचिव आचार्य घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा नौकुण्ड गाउँपालिका–१ र २ को कार्यालयको संयुक्त जिम्मेवारी निर्वाह गर्दै आएका वडा सचिव राजेन्द्रकुमार आचार्य र सोही कार्यालयका कार्यालय सहयोगी श्लोक लामालाई घुस रकमसहित बुधबार पक्राउ गरेको छ। 

स्थानीय बासिन्दालाई केरुङ नाका भई चीन प्रवेशका लागि अध्यागमन कार्यालयबाट प्रवेशाज्ञा लिनका लागि आवश्यक पर्ने सिफारिसका लागि सेवाग्राहीसँग सचिव आचार्यले एक लाख तीस हजार र कार्यालय सहयोगी लामाले तीन लाख बीस हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा धुन्चेस्थित गोसाइकुण्ड गाँउपालिका–६ को कार्यालयबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell