PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

विद्युत चोरी गर्ने १२ जना पक्राउ



रासस

विद्युत चोरी गर्ने १२ जना पक्राउ

राजविराज : विद्युत् चोरी गर्ने १२ जनालाई मंगलबार पक्राउ गरिएको छ। 

नेपाल विद्युत् प्राधिकरण, राजविराज तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त अनुगमन टोलीले जिल्लाको पश्चिमी भेगमा पोलमा सिधै अङ्कुश लगाई गरी विद्युत् चोरी गर्ने १२ जनालाई पक्राउ गरेको प्राधिकरणका प्रमुख रामउद्गार साहले बताए। 

पक्राउ परेका व्यक्तिलाई विद्युत् चोरी ऐनअन्तर्गत कारबाही गरिने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले बताए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell