PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

राष्ट्रपति बुहारीलाई उपचारका लागि बिदामा बस्न आग्रह



रासस

राष्ट्रपति बुहारीलाई उपचारका लागि बिदामा बस्न आग्रह

नाइजेरियाः नाइजेरियाका नागरिक समाजका नेताहरूले राष्ट्रपति मुहम्मद बुहारीलाई लामो उपचार बिदामा बस्न आग्रह गरेका छन्। 

चौहत्तर वर्षीय राष्ट्रपति बुहारीको स्वास्थ्यमा समस्या देखिएपछि उनी  सन् २०१७ मा करिब दुई महिना लन्डनमा उपचारका लागि बसेका थिए। 

उनको रोगबारे केही नबताइए पनि केही समयदेखि अस्वस्थताका कारण मन्त्रिपरिषद्को बैठकमासमेत उपस्थित भएका छैनन्। 
राष्ट्रपति बुहारीले आफूलाई ‘ब्लड ट्रान्सफुजन’ लगायतका अन्य परीक्षण गरेको तर आफू जटिल अवस्थामा नरहेको बताएका छन्। 

बुहारीका सहयोगी गार्वा सेहुले राष्ट्रपतिले लामो उपचारपछि स्वास्थ्यमा सुधार आएको र अहिले आरामको आवश्यकता रहेको बताएका छन्। 

राष्ट्रपतिको स्वास्थ्यसम्बन्धी समस्याका कारण मुलुकमा निर्णयात्मक क्रियाकलापमा असर परेको भन्दै विभिन्न तप्काबाट उनलाई लामो बिदा लिएर उपचार गर्न सुझाव आएको हो।रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell