PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

१५ थान मानव खप्परसहित भारतीय नागरिक पक्राउ



रासस

१५ थान मानव खप्परसहित भारतीय नागरिक पक्राउ

झापाः झापाको मेचीनगर नगरपालिका बडा नम्बर ६ बाट मानव खप्परसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। 

भारतको दार्जिलिङ खोरीबारी थाना गौरसिंहजोरका ६६ वर्षीय भगीरथ सिंह १५ थान मानव खप्परसहित सोमबार राति पक्राउ परेका हुन्। 

काँकडभिट्टाबाट नेपाल आउँदै गरेका उनलाई चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell