PahiloPost

Nov 13, 2025 | २८ कात्तिक २०८२

टर्कीका राष्ट्रपति रेसेप फर्किए पुरानै पार्टीमा 



रासस

टर्कीका राष्ट्रपति रेसेप फर्किए पुरानै पार्टीमा 

अङ्काराः टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले टर्कीको सत्ताधारी दल ‘इस्लामिक जस्टिस एन्ड डेभलपमेन्ट पार्टी’ (एकेपी) मा पुनःफर्किएका छन्।

एकेपीका सहसंस्थापकसमेत रहेका एर्डोगानले टर्कीको राजधानी इस्तानबुलमा एक भव्य समारोहका बीच सदस्यता पत्रमा हस्ताक्षर गरी आफूले पुरानै पार्टीमा समाहित भएको बताएका हुन्। 

एर्डोगानको पुनःरागमनले पार्टीका नेता तथा कार्यकर्ता उत्साहित बन्दै उनलाई राष्ट्रिय गान गाएर स्वागत गरेका थिए। 

समारोहमा आफ्नी धर्मपत्नी एमिनसँगै पुगेका एर्डोगान समारोहमा एकेपीका अध्यक्ष तथा प्रधानमन्त्री बिनाली यल्दिरिमसँगै बसेका थिए। 

टर्कीमा राष्ट्रपतिलाई शक्तिशाली बनाउने वा आलङ्कारिक हैसियतमा राख्ने भन्ने जनमतसङ्ग्रहमा कार्यकारी राष्ट्रपतिको पक्षमा नतिजा आएसँगै उनले पार्टी प्रमुखका साथै शक्तिशाली राष्ट्रपतिका रूपमा काम गर्नेछन्। 

प्रधानमन्त्रीले राष्ट्रपतिको आगमनसँगै सम्मान भएको आफूले महसुस गरेको बताएका छन्।रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell