PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

भेनेजुएलाका राष्ट्रपतिद्वारा संविधानसभा गठनका लागि आह्वान



रासस

भेनेजुएलाका राष्ट्रपतिद्वारा संविधानसभा गठनका लागि आह्वान

कराकासः भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले नयाँ संविधान बनाउनका लागि संविधानसभा गठन गर्न आह्वान गरेका छन्।  

लामो समयदेखि मुलुकमा जारी राजनीतिक सङ्कट समाधानका लागि संविधानसभा गठन गर्नु परेको राष्ट्रपति मादुरोले संकेत गरेका छन्।  
दक्षिण अमेरिकी देश भेनेजुएलाको भविष्यका बारेमा निर्णय गर्न उनले फरक फरक राजनीतिक पार्टी र सामाजिक समूहहरुलाई आह्वान गरेका छन्।

“मुलुकको आवश्यकता, उपलव्धिहरुको रक्षा र शान्ति स्थापनाका लागि वर्तमान संविधान अनुसार म आह्वान गर्दछु,” मादुरोले भनेका छन्।

सत्तारुढ दल समाजवादी पार्टी र प्रतिपक्षी पार्टीकाबीचमा केही सातादेखि द्वन्द्व भएपछि सुरु भएको सरकार विरोधी आन्दोलनका क्रममा अहिलेसम्म २९ जनाको मृत्यु भइसकेको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell