PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

  • एमालेले आफ्ना सांसदलाई भन्यो– संशोधन विधेयकका विरुद्ध लाग्नु

    एमालेले आफ्ना सांसदलाई भन्यो– संशोधन विधेयकका विरुद्ध लाग्नु

    काठमाडौँ : नेकपा एमालेले संशोधन विधेयककाविरुद्ध लाग्न पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ। संसदीय दलको आइतबार बसेको बैठकले संविधान संशोधन विधेयक देश र जनताका लागि उपयुक्त नरहेको जनाउँदै त्यसविरुद्ध लाग्न आफ्ना सम्पूर्ण सांसदलाई निर्देशन दिएको हो। बैठकमा स्थानीय तहको निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन गर्नुपर्ने बताउँदै संविधान संशोधन आवश्यक नरहेको कुरा उठेको थियो। एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान संशोधनको कुरा…

    विस्तृतमा पढ्नुस्

  • युद्धविराममार्फत शान्तिको बाटो समात्न सुडानमा युद्धरत पक्षलाई राष्ट्रसंघको आग्रह

    युद्धविराममार्फत शान्तिको बाटो समात्न सुडानमा युद्धरत पक्षलाई राष्ट्रसंघको आग्रह

    संयुक्त राष्ट्रसङ्घः संयुक्त राष्ट्रसङ्घले युद्धरत दक्षिण सुडानका विद्रोहीलाई हिंसात्मक विद्रोहको बाटो त्याग्न आग्रह गरेको छ। त्यहाँको युद्धरत पक्षलाई युद्धको बाटो त्यागेर शान्ति वार्ताको बाटो समात्न आग्रह गरेको हो। विश्वको सबैभन्दा कान्छो देशका रुपमा परिचित देश स्वतन्त्र भएसँगै सुरु भएको सशस्त्र हिंसाका कारण नागरिकमा विभिन्न खालका समस्या उत्पन्न हुँदै गएकोले त्यसतर्फ गम्भीर हुन आग्रह गरिएको समाचारमा जनाइएको छ। सरकारले पछिल्लो समयमा…

    विस्तृतमा पढ्नुस्

  • अयोधी अझै भन्छन्, निर्वाचन तोकिएकै समयमा हुन्छ

    अयोधी अझै भन्छन्, निर्वाचन तोकिएकै समयमा हुन्छ

    काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचनका विषयमा अब कुनै द्विविधा नराख्न आग्रह गरेका छन्। निर्वाचन अनुगमनसम्बन्धी अभिमुखीकरण तथा अन्तक्र्रियामा प्रमुख निर्वाचन आयुक्त डा यादवले लोकतन्त्रका लागि निर्वाचन आधारभूत शर्त भएकाले स्वच्छ र निष्पक्ष निर्वाचन गर्न सबैको भूमिका अहम् हुने बताए। निर्वाचन आचारसंहिता विपरीत हुने सबैखाले कार्य नियन्त्रण गर्न निर्देशन दिँदै उनले कुनै दल वा उम्मेदवारका…

    विस्तृतमा पढ्नुस्

  • जिपमा लुकाएर ल्याउँदै गरेको मृत मृगसहित दुई पक्राउ

    जिपमा लुकाएर ल्याउँदै गरेको मृत मृगसहित दुई पक्राउ

    पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले मृत मृगसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ। माछापुच्छ्रे गाउँपालिकाबाट पोखरातर्फ ल्याउँदै गर्दा पोखरा–८ का जीवन गुरुङ र पोखरा–३ का विकास गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बा १७ च २८७८ को जिपमा लुकाइछिपाइ ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका थिए। प्रहरीले मृत मृगलाई जिल्ला वन कार्यालयमा बुझाएको छ। रासस 

    विस्तृतमा पढ्नुस्

  • महानगर प्रमुखमा उम्मेदवार बन्न उपप्राध्यापकबाट राजीनामा

    महानगर प्रमुखमा उम्मेदवार बन्न उपप्राध्यापकबाट राजीनामा

    पोखरा : स्थानीय तहको निर्वाचनमा पोखरा–लेखनाथ महानगरपालिका प्रमुखमा उम्मेदवार बन्न देवराज चालिसेले उपप्राध्यापकबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसबाट प्रमुख उम्मेदवारको सिफारिसमा परेका चालिसेले एक हप्ताअघि त्रिवि उपकुलपतिको कार्यालयमा राजीनामा दिएको पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख वसन्त पराजुलीले जानकारी दिएका छन्। उनी सो क्याम्पसमा राजनीतिशास्त्रमा प्राध्यापन गर्दै आएका थिए। कांग्रेस कास्कीले महानगरपालिका प्रमुखका लागि उनीसहित ३३ जनाको नाम पार्टीको केन्द्रीय कार्यालयमा…

    विस्तृतमा पढ्नुस्

  • एसएसबीको गोलीबाट मृत्यु भएका यादवको परिवारलाई क्षतिपूर्ति दिइने

    पर्सा (पोखरिया) : भारतीय एसएसबीका जवानले प्रहार गरेको गोली लागेर मृत्यु भएका नेपाली नागरिकले आठ वर्षपछि क्षतिपूर्ति पाउने भएका छन्। बाराको मटिअर्वा घर भएका ५० वर्षीय मुकुन्द राय यादवको विसं २०६६ साल असोज १७ गते भारतको बिहार जमुनिया नजिकै एसएसवीले चलाएको गोली लागेर मृत्यु भएको थियो। जमुनिया बजारबाट उपभोग्य सामान खरिद गरी फर्किने क्रममा एसएसबीसँग विवाद हुँदा यादवको गोली हानी…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय चुनावमा लमजुङका आधा दर्जन पत्रकार आकांक्षी

    स्थानीय चुनावमा लमजुङका आधा दर्जन पत्रकार आकांक्षी

    लमजुङ : स्थानीय तहको निर्वाचन नजिकिएसँगै लमजुङका क्रियाशील पत्रकार पनि उम्मेद्वार बन्ने प्रतिष्पर्धामा लागेका छन्। लमजुङका स्थानीय तहमध्ये वडा, गाउँपालिका र नगरपालिका प्रमुखका लागि पत्रकारहरु आकांक्षी देखिएका हुन्।  प्रेस युनियनका पूर्व गण्डकी अञ्चल संयोजक एवम् लमजुङ आवाज साप्ताहिक पत्रिकाका प्रधान सम्पादक मिलन शर्मा दनाईंले बेसीसहर नगरपालिकाअन्तर्गत वडा नं ८ बाट अध्यक्षका लागि कांग्रेसबाट दाबेदारी प्रस्तुत गरेका छन्।  नेपाल प्रेस युनियनका…

    विस्तृतमा पढ्नुस्

  • ट्रकले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

    ट्रकले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

    काठमाडौं : गएराति स्वयम्भू नजिक ठाडो भर्‌याङमा भएको सडक दुर्घटनामा काठमाडौँ बस्दै आएकी गोरखाकी ३५ वर्षीया भगवती अर्यालको मृत्यु भएको छ।  लु १ ख ९९९६ नंको ट्रकले स्वयम्भूबाट सीतापाइला आउने क्रममा बा ८२ प ३२२ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडि बसेकी अर्यालको घटनास्थलमा नै मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।  प्रहरीका अनुसार दुबै सवारीसाधन चालकको नाम खुल्न…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस, एमाले अझै अनिर्णित, माओवादी केन्द्रले छान्यो गोरखामा उम्मेदवार

    गोरखा : स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) गोरखा कमिटीले दुईवटा नगरपालिकासहित नौवटा गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको नाम सार्वजनिक गरेको छ ।  सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला इन्चार्ज चूडामणि खड्का ‘प्रकाश’ले सो नगरपालिकाको प्रमुखमा कृष्णबहादुर रानालाई उम्मेदवार बनाउने पार्टीको सर्वसम्मत निर्णय भएको जानकारी दिए। उपप्रमुखमा भने कसलाई उम्मेदवार बनाउने भन्ने यकिन नभइसकेको तर चुनावी तालमेलका लागि…

    विस्तृतमा पढ्नुस्

  • काँग्रेसको मेयरमा ४२, उपमेयरमा २३ को नाम सिफारिस

    भक्तपुर : वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको चारवटै नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट प्रमुख तथा उपप्रमुखका लागि नाम सिफारिस भएको छ।  नेपाली काँग्रेसको वडा तथा क्षेत्रीय समितिले आकांक्षीहरुको नाम सिफारिस गरेर पठाएपछि नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिलाई उम्मेदवारको छान्न सकस भएको छ ।  नेपाली काँग्रेस चुनाव प्रचार समितिका संयोजक केदार खड्काका अनुसार भक्तपुर नगरपालिकामा प्रमुखका लागि नारायणप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस्, हुलाकको गाडीको मन्त्री 'ड्राइभर'

    फोटोमा हेर्नुस्, हुलाकको गाडीको मन्त्री 'ड्राइभर'

    काठमाडौँ : गाडीको स्टेरिङ घुमाउँदा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्की शुक्रबार खुसी देखिए। गोश्वारा हुलाक कार्यालयले घुम्ती हुलाक सेवाका लागि सञ्चालनमा ल्याएको तीन वटा भ्यानको उद्घाटन गर्न पुगेका मन्त्री कार्की स्टेरिङ समाउँदै ड्राइभिङ सिटमा बसे। लगत्तै कार्कीले भने – 'कर्मचारीलाई हुलाकमा जागिर खान पाऊँ' भन्ने वातावरण बनाउन मन्त्रालय लागिरहेको छ।' गोश्वारा हुलाक कार्यालयले काठमाडौँ उपत्यकाको घरघरमा सूचना पुर्‍याउने मुख्य…

    विस्तृतमा पढ्नुस्

  • कुकुरले टोकेका बिरामीको सङ्ख्यामा वृद्धि

    कुकुरले टोकेका बिरामीको सङ्ख्यामा वृद्धि

    गौशाला (महोत्तरी) : बढ्दो गर्मीसँगै अहिले महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा कुकुरले टोकेका बिरामीको सङ्ख्यामा अप्रत्याशितरुपमा वृद्धि भएको छ।  पहिले–पहिले फाटफुटरुपमा कहिलेकाहीँ एक/दुईजना कुकुरले टोकेको बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक आठ/दस जना कुकुरले टोकेको बिरामी आउने गरेको चिकित्सकले जनाएका छन्।  अहिले बढ्दो गर्मीसँगै कुकुरको मानसिक अवस्था बिग्रिने गरेकाले गर्मीको मौसममा कुकुरको सम्पर्कमा जानेलाई कुकुरले बढी टोक्ने…

    विस्तृतमा पढ्नुस्

  • चार गुणा बढी पर्यटक इलाम भित्रिए

    चार गुणा बढी पर्यटक इलाम भित्रिए

    इलाम : चालु आर्थिक वर्षको चैत मसान्तभित्रमा ६२ हजार पर्यटक जिल्ला भित्रिएका छन्। इलामको कोल्बुङस्थित पर्यटन सूचना केन्द्र जोरकलशका अनुसार २०७३/७४ मा गत आवको भन्दा चार गुणा बढी पर्यटक भित्रिएका हुन्।  सूचना केन्द्रका गगन घिमिरेका अनुसार गत आवमा देशमा भूकम्प, मधेस आन्दोलनजस्ता ठूला सङ्कट परेकाले जिल्लामा कम मात्र पर्यटक भित्रिएका थिए।  जिल्ला भित्रिनेमध्ये ९० प्रतिशत आन्तरिक पर्यटक रहेको र बाँकी…

    विस्तृतमा पढ्नुस्

  • दुईवटा बाह्रसिङ्गे चितवन निकुञ्जमा छाडियो

    दुईवटा बाह्रसिङ्गे चितवन निकुञ्जमा छाडियो

    रत्ननगर (चितवन) : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुईवटा बाह्रसिङ्गेलाई आज बिहान चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको छ।  आज बिहान चितवन निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पदमपुर ब्लकमा ल्याएर छाडिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए। 'राति २ बजे ल्याइपुर्‌याइयो, आज बिहान मात्रै छाडियो', कँडेलले भने, 'अर्ना राखिएको क्षेत्रमै छाडिएको छ।'  सरकारी निर्णयअनुसार वंश संरक्षण र विस्तारका लागि चितवन निकुञ्जमा यसरी पहिलो…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

    पाँचथरको याङबरक गाउँपालिका–१ स्थित च्याङथापुबजारमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।  मृत्यु हुनेमा याङबरक गाउँपालिका–२ बस्ने मचिन्द्र बेघाका छोरा सन्तोष बेघा रहेका छन् । यस्तै, सोही ठाउँ बस्ने मिलन चुहान घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकी च्याङथापुमा उपचार भइरहेको स्थानीयवासी मङ्गल बेघाले जानकारी दिए ।  फलैँचाबाट च्याङथापु आउने…

    विस्तृतमा पढ्नुस्

  • चितुवाको आक्रमणबाट छ जना घाइते

    धनुषाःधनुषामा चितुवाको आक्रमणबाट छ जना घाइते भएका छन् । बुधबार साँझ अबेर अन्दुपट्टी कटरैत गाविसस्थित वनमा घाँस दाउरा ल्याउन तथा गोठालो गएकामाथि एक्कासि जङ्गलबाट आएको एक चितुवाले आक्रमण गरेको हो ।  आक्रमणबाट घाइते हुनेमा अन्दुपट्टी कटरैत–६ बस्ने प्रमेश्वर यादव, सञ्जीवकुमार साह, तिलेश्वर मुखिया, पञ्चु मुखिया र गीतादेवी मुखियालगायत छन् ।  उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • विद्युत् चोरी गर्ने १३ जना पक्राउ

    झापाः विद्युत् चोरी गरेर खेतमा पानी लगाउने तथा घरमा विद्युतीय उपकरण जडान गरी घरायसी सामग्री प्रयोग गरिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् ।  विद्युत् चुहावट नियन्त्रण टोलीले बिर्तामोड नगरपालिका–२ चारपाने र चैतुवारी भन्नेस्थानबाट आज बिहान एक महिलासहित १३ जनालाई विद्युतीय उपकरणसहित पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा शिवकुमार लिम्बू, खड्गप्रसाद लिम्बू, वासु गौतम, गुरुदेव लिम्बू, जयप्रसाद इजम, शम्भू राजवंशी,…

    विस्तृतमा पढ्नुस्

  • जेठ ३१ सम्मै आचारसंहिता निरन्तर : निर्वाचन आयोग

    जेठ ३१ सम्मै आचारसंहिता निरन्तर : निर्वाचन आयोग

    काठमाडौँ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि जारी गरिएको आचारसंहिता दोस्रो चरणको निर्वाचन जेठ ३१ गतेसम्म यथावत् रहने जनाएको छ।  आयोगले फागुन १८ गते जारी गरेको ‘स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३’ वैशाख ३१ र जेठ ३१ गते हुने दुवै चरणको निर्वाचनसम्म निरन्तर रहने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए। आचारसंहिता कायमै भएको विषयमा कुनै भ्रममा नपर्न, आचारसंहिताको पालना…

    विस्तृतमा पढ्नुस्

  • गैरसरकारी संस्थाले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ : प्रमुख आयुक्त यादव

    गैरसरकारी संस्थाले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ : प्रमुख आयुक्त यादव

    काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनमा नागरिक समाज र गैरसरकारी संस्थाका प्रतिनिधिलाई राजनीतिक दलको भ्रातृसंस्थाका रुपमा नभई निष्पक्ष र स्वतन्त्र भूमिका निर्वाह गर्न अपिल गरेका छन्।  नागरिक समाज र गैरसरकारी संस्थाका प्रतिनिधिसँग आज भएको अन्तरक्रियामा उनले भने, 'गैरसरकारी संस्थाका प्रतिनिधिले निर्वाचन आचारसंहिताको परिधिमा रहेर आफ्ना गतिविधि र कार्यक्रम सञ्चालन गर्नुहोला।'  निर्वाचन शीर्षकमा नेपाली जनताको…

    विस्तृतमा पढ्नुस्

  • उपेन्द्र यादव भन्छन् : चुनाव एकै चरणमा

    उपेन्द्र यादव भन्छन् : चुनाव एकै चरणमा

    काठमाडौं : सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय एकतालाई बलियो बनाउन एकै चरणमा स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका छन्।  रिपोर्टर्स क्लबमा अध्यक्ष यादवले दुई चरणमा हुने स्थानीय तहको निर्वाचन राष्ट्रको हितमा नभएको बताए। उनले भने – “संविधान संशोधन गरेर एकै चरणमा निर्वाचनमा जाऔँ।” अध्यक्ष यादवले लाखौँ जनता मतअधिकारबाट वञ्चित भएको अवस्था र स्थानीय तहको सङ्ख्या टुङ्गो नलागिसकेको अवस्थामा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell