PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

चितुवाको आक्रमणबाट छ जना घाइते



रासस

धनुषाःधनुषामा चितुवाको आक्रमणबाट छ जना घाइते भएका छन् । बुधबार साँझ अबेर अन्दुपट्टी कटरैत गाविसस्थित वनमा घाँस दाउरा ल्याउन तथा गोठालो गएकामाथि एक्कासि जङ्गलबाट आएको एक चितुवाले आक्रमण गरेको हो । 

आक्रमणबाट घाइते हुनेमा अन्दुपट्टी कटरैत–६ बस्ने प्रमेश्वर यादव, सञ्जीवकुमार साह, तिलेश्वर मुखिया, पञ्चु मुखिया र गीतादेवी मुखियालगायत छन् । 

उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चितुवाको आक्रमणबाट घाइते भएकाहरु अस्पतालमा उपचार गराउन आएपछि मात्र घटनाबाहिर आएको प्रहरी उपरीक्षक लीलामणि आचार्यले बताए । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell