PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

महानगर प्रमुखमा उम्मेदवार बन्न उपप्राध्यापकबाट राजीनामा



रासस

महानगर प्रमुखमा उम्मेदवार बन्न उपप्राध्यापकबाट राजीनामा

पोखरा : स्थानीय तहको निर्वाचनमा पोखरा–लेखनाथ महानगरपालिका प्रमुखमा उम्मेदवार बन्न देवराज चालिसेले उपप्राध्यापकबाट राजीनामा दिएका छन्।

नेपाली कांग्रेसबाट प्रमुख उम्मेदवारको सिफारिसमा परेका चालिसेले एक हप्ताअघि त्रिवि उपकुलपतिको कार्यालयमा राजीनामा दिएको पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख वसन्त पराजुलीले जानकारी दिएका छन्।

उनी सो क्याम्पसमा राजनीतिशास्त्रमा प्राध्यापन गर्दै आएका थिए। कांग्रेस कास्कीले महानगरपालिका प्रमुखका लागि उनीसहित ३३ जनाको नाम पार्टीको केन्द्रीय कार्यालयमा सिफारिस गरिपठाएको जिल्ला सदस्य नवीन सिग्देलले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell