PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु



रासस

पाँचथरको याङबरक गाउँपालिका–१ स्थित च्याङथापुबजारमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । 

मृत्यु हुनेमा याङबरक गाउँपालिका–२ बस्ने मचिन्द्र बेघाका छोरा सन्तोष बेघा रहेका छन् । यस्तै, सोही ठाउँ बस्ने मिलन चुहान घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकी च्याङथापुमा उपचार भइरहेको स्थानीयवासी मङ्गल बेघाले जानकारी दिए । 

फलैँचाबाट च्याङथापु आउने क्रममा मे ८ प ९२३६ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले जानकारी दिए । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell