धनुषा : आसन्न स्थानीय तह चुनावका लागि प्रमुख दलले आन्तरिक तयारीमा जुटेका छन् । स्थानीय तहको चुनाव यही वैशाख ३१ गर्ने घोषणा भएको छ । तर अहिलेसम्म प्रदेश नं– २ मा चुनावी चहलपहल प्रायः शून्य देखिए पनि प्रमुख ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी (केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले आन्तरिक तयारीमा जुटेका हुन् । ती दलहरुमा जनकपुर उपमहानगरपालिकाको प्रमुख,…
काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साँझको समय भन्दा बिहानको समयको माग व्यवस्थापन अनुभवका हिसाबले नयाँ एवम् जटिल भएको बताएका छन्। ‘‘तर प्राधिकरण जटिलताबाट नै अगाडि बढेको छ, हामी सफल भएका छौ’’ उनले भने। प्राधिकरणको भार प्रेषण केन्द्रकाअनुसार साँझकै हाराहारीमा नै बिहान पनि विद्युत् माग बढी हुने गरेको र व्यवस्थापनका लागि उत्तिकै सचेतताको जरुरी रहेको छ। बिहानको समयमा…
भक्तपुर : बिस्केट जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा आज दिउँसो सम्पन्न भएको छ । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जात्रामा आज थिमी बोडे–८ का ४५ वर्षीयका बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेडेर महाद्वीप बोकेर टोल टोल घुम्दै जात्रा सम्पन्न गरेका हुन्। कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि जिब्रो…
चितवन : स्थानीय तहको चुनावी सरगर्मी बढिरहँदा कृषि तथा वन विज्ञान विश्वविद्यालयको विशिष्ट श्रेणीको प्राध्यापकको जागिर छाडेर प्रा डा सूर्यकान्त घिमिरे भरतपुर महानगरपालिकाको मेयर पदका लागि प्रत्याशीका रुपमा देखिएका छन्। विद्यार्थी कालदेखि नै नेपाली कांग्रेससँग आबद्ध रहेर राजनीति गर्दै आएका घिमिरेले यसै महिनादेखि लागू हुने गरी विश्वविद्यालयको प्राध्यापकको जागिरबाट राजीनामा दिएका हुन्। अझै ११ वर्ष सेवा अवधि बाँकी रहँदा सो…
सोलुखुम्बु : सगरमाथा आधारशिविरमा सङ्कलन हुने दिसापिसाबबाट ग्यास उत्पादन गरिने भएको छ। अघिल्ला वर्षमा ५ हजार ३ सय मिटर उचाइमा रहेको आधारशिविरबाट सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) ले मानिसको मलमूत्र सङ्कलन गरी ५ हजार १६४ मिटरको उचाइमा रहेको गोरपशेपमा ल्याएर गाड्ने गरेको थियो, तर त्यहाँ पनि फोहोरको मात्रा बढेपछि अहिले डम्पिङ साइड लोबुचे छेउमा सारिएको छ। त्यहाँ पनि समस्या बढ्न…
चितवन : शून्य चोरी सिकारको तीन वर्ष पुग्नै लाग्दा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुर्लभ एक सिङ्गे गैँडा मारिएपछि नयाँ रणनीतिका साथ सुरक्षाकर्मी परिचालन गरिएको छ। विगतमा पनि यसै समयमा गैँडा मारिएपछि निकुञ्जमा सुरक्षा योजना महाहन्ट चलिरहेका बेला यही चैत २५ गते राति जगतपुरको हरियाली मध्यवर्ती सामुदायिक वनमा एउटा भाले गैँडा सिकारीले मारेका थिए। आउँदो वैशाख २० गते शून्य चोरी…
पर्सा : अज्ञात व्यक्तिले चलाएको गोली लागेर गम्भीर घाइते भएकी निलु पटेलको गएराति उपचारको क्रममा मृत्यु भएको छ। घरमा सुतिरहेको बेला अज्ञात व्यक्तिले चलाएको गोली लागि गम्भीर घाइते भएकी वीरगन्ज उप–महानगरपालिका वडा नं– १४ पिपरा निवासी वीरेन्द्र पटेलकी २३ वर्षीय निलुको वीरगन्जको नेसनल मेडिकल शिक्षण अस्पतालमा उचारको क्रममा मृत्यु भएको हो। घाइते निलुको देब्रे कन्चटमा रहेको गोली मङ्गलबार शिक्षण अस्पतालमै…
चितवन : चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत जगतपुरको हरीयाली मध्यवर्ति सामुदायिक वनमा चैत्र २५ गते राति गैंडा मार्ने तस्करका बारेमा सूचना दिनेलाई ५ लाख रुपैयाँ पुरस्कार दिइने भएको छ। निकुञ्जका सूचना अधिकारी अर्यालका अनुसार प्रयोग गरेको हतियार, खाग र संलग्न व्यक्तिका बारेमा सुराक दिनेलाई ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको हो। गत चैत २५ गते राति जगतपुरको हरियाली मध्यवर्ती सामुदायिक वनमा…
काठमाडौँ : युगकवि सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानले यस वर्षको ‘सिद्धिचरण पुरस्कार’वरिष्ठ कवि तुलसी दिवसलाई प्रदान गर्ने भएको छ। रु एक लाख राशिको सो पुरस्कार आगामी वैशाख ९ गते सिद्धिचरणको जन्मदिनमा प्रदान गरिने प्रतिष्ठानका उपाध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए। यस्तै प्रतिष्ठानले प्रदान गर्दै आएको युवा पत्रकारिता पुरस्कार जयदेव भट्टराई, पुष्पहरि क्याम्पराई, नरेशवीर शाक्यलाई प्रदान गरिने भएको छ। विगत तीन वर्षदेखि स्थगित सो…
गौशाला : आसन्न स्थानीय तहको निर्वाचनका लागि महोत्तरी जिल्लामा दुई सय ५६ मतदान केन्द्र तोकिएको छ। बर्दिबास, गौशाला, जलेश्वर गरी तीन नगरपालिका र १२ गाउँपालिका रहेको महोत्तरीमा यसअघि दुई सय ३३ मतदान केन्द्र रहेकामा २५ मतदान केन्द्र थप, पाँच संशोधन र दुईवटा खारेज गरिएको जिल्ला निर्वाचन अधिकारी पिङ्की रायले बताए। प्रजिअ वीरेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले निमावि पर्सादेवाड, क्लब भवन…
धार्मिक तथा पर्यटकीय प्रसिद्ध गन्तव्यस्थल मुस्ताङको मुक्तिनाथ मन्दिरबाट देखिएको हिमशृङ्खला तथा त्यसको काखमा रहेको झारकोट गाउँ। तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस
लहान : लागुऔषध गाँजासहित सिरहाको गोलबजार क्षेत्रबाट आज प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालयको टोलीले बोरामा गाँजा प्याक गरिरहेको अवस्थामा १५ किलो गाँजासहित मुक्सारबाट स्थानीय नेमचन साह तेली र उदयपुर रिस्कु–२ निवासी प्रेमवहादुर राईलाई पक्राउ गरेको हो। गाँजा बोरामा प्याकिङ गरी निकासीको तयारी गरिरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मुक्सारस्थित छत्रबहादुर राईको गोठबाट बोरामा गाँजा प्याकिङ…
धनगढी : निर्वाचन आयुक्त इला शर्माले स्थानीय तहको निर्वाचन दोस्रो चरणमा गर्ने कुरा आयोगले नसोचेको बताएकी छन्। आज धनगढीमा पत्रकारसँग कुरा गर्दै आयुक्त शर्माले निर्वाचन दुई चरणमा गर्न सरकारबाट आदेश आएमा समस्या नरहने स्पष्ट पारिन्। उनले भनिन्, 'दुई चरणमा गर्ने आदेश आएमा सोच्न सकिन्छ।' यसैबीच आयोगले आज यहाँ राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीसँग निर्वाचन आचारसंहिता, अनुगमन, उजुरी व्यवस्था एवम् निर्वाचन…
पर्सा : प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई आज प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगन्जको रजतजयन्ती चोकबाट प्रतिबन्धित लागुऔषधसहित धादिङको खलेट गाविस घर भई हाल चितवनमा बस्दै आएका २२ वर्षीय केशव ढुङ्गानालाई डाइजापाम, नोर्फिन र फेनेगान ५०/५० थानका साथ पक्राउ परेको प्रहरी निरीक्षक उमाशङ्कर यादवले जानकारी दिए।
चन्द्रौटा (कपिलवस्तु) : कपिलवस्तुको शिवराज नगरपालिका–१० शीतलपुरमा आज बिहान आगलागी हुँदा ५९ घरगोठ जलेर नष्ट भएका छन्। स्थानीय मन्नन मियाको घरबाट लागेको आगोले बसर मियाँ, मन्सुर मियाँ, सत्यनारायण यादवलगातको घर जलेको प्रहरीले जनाएको छ। आगलागीमा स्थानीय सीताराम लोनिया घाइते भएका छन् भने स्थानीयवासीका २५ बाख्रासमेत मरेका छन्। आगलागी कपिलवस्तु नगरपालिका र कृष्णनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी स्थानीयवासीको सहयोगमा…
गाईघाट (उदयपुर) : उदयपुरको त्रियुगा नगरपालिका– ११ सङ्गम टोलका एक युवकको स्थानीय चप्पन खोलामा पौडी खेल्ने क्रममा दहमा डुबेर मृत्यु भएको छ। गाईघाट सङ्गमटोल बस्ने १९ वर्षीय सुमन भट्टराईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। भट्टराई गर्मी भएका कारण साथीसँग पौडी खेल्न खोलामा गएर दहमा प्रवेश गरेका थिए। पौडी खेल्न नजान्ने भट्टराई दहमा डुबेर बेहोस भएका थिए। दहबाट…
गोरखा : निजी आवास पुनःनिर्माण सम्पन्न भएका गोरखाका २४ घरधनीलाई तेस्रो किस्ताको रकम उपलब्ध गराइएको छ। भूकम्पले क्षति पुगेका ७० हजार वटा नयाँ घर पुनःनिर्माण गर्नुपर्ने भए पनि भूकम्प गएको दुई वर्ष हुनै लाग्दा मसेलका पाँच र पन्द्रुङका १९ घरको मात्रै पुनःनिर्माण सम्पन्न भएको छ। भूकम्प प्रतिरोधी मापदण्डअनुसार यी घर ढुङ्गा, माटो र काठको जोडाइबाट बनाइएको हो। सेभ द चिल्ड्रेनको…
काठमाडौँ : सरकारले वैशाख १ गतेबाट निःशुल्क मिर्गौला प्रत्यारोपण सेवाका लागि रु डेढ करोड छुट्याएको छ। स्वास्थ्यमन्त्री गगनकुमार थापाले विश्व मिर्गौला दिवस (फागुन २६) मा सरकारले मिर्गौला रोगीलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने घोषणा गरेका थिए। 'चालु आर्थिक वर्षका लागि मात्र उक्त रकम छुट्याइएको हो। आवको अन्त्यसम्म हुने मिर्गौला प्रत्यारोपणमा अपुग भएको रकम पुनः छुट्याइने छ,' मन्त्री थापाले भने। सरकारले यसअघि…
पोखरा : पोखरा लेखनाथ महानगरपालिकाका नौ वटा तालमध्येको ठूलो फेवाको किनारास्थित कोमागाने पार्कमा नववर्ष महोत्सव सुरु भएको छ। प्राकृतिक एवम् मानवीय अतिक्रमणको चपेटामा परेको फेवातालसहित मुलुकको मौलिक संस्कृति संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका १४औँ पटक महोत्सव आयोजना गरिएको हो। 'पर्यटन, संस्कृति र खाना' भन्ने मूल नारासहित आयोजित सो महोत्सवमा खाना परिकारका १५ सहित हस्तकला, ग्रामीण…
काठमाडौँ : नेपालमा भूकम्प मापन गर्ने थप १८ केन्द्र स्थापना गरिने भएको छ। २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि विभिन्न देशको सहयोगमा थप १८ केन्द्र स्थापना गर्न लागिएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका सिस्मोलोजिष्ट भरतप्रसाद कोइरालाले मुलुकभर हाल २१ केन्द्र रहेको र थप १८ केन्द्र थपिन लागेको जानकारी दिए। सन् २०१८ सम्म चीन सरकारले १०, थाइल्यान्डको रायम्स कम्पनीले चार र…