PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

निर्वाचन दोस्रो चरणमा गर्ने कुरा आयोगले सोचेको छैन : आयुक्त शर्मा



रासस

निर्वाचन दोस्रो चरणमा गर्ने कुरा आयोगले सोचेको छैन : आयुक्त शर्मा

धनगढी : निर्वाचन आयुक्त इला शर्माले स्थानीय तहको निर्वाचन दोस्रो चरणमा गर्ने कुरा आयोगले नसोचेको बताएकी छन्।

आज धनगढीमा पत्रकारसँग कुरा गर्दै आयुक्त शर्माले निर्वाचन दुई चरणमा गर्न सरकारबाट आदेश आएमा समस्या नरहने स्पष्ट पारिन्। उनले भनिन्, 'दुई चरणमा गर्ने आदेश आएमा सोच्न सकिन्छ।'

यसैबीच आयोगले आज यहाँ राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीसँग निर्वाचन आचारसंहिता, अनुगमन, उजुरी व्यवस्था एवम् निर्वाचन विवाद निरुपण विषयमा छलफल गरेको छ।

कार्यक्रममा आयोगका सहसचिव दिनेश घिमिरेले निर्वाचन आचारसंहिताका विषयमा प्रस्ट्याएका थिए।

सो अवसरमा विभिन्न राजनीतिक दलसँग आबद्ध प्रतिनिधिले विगतका निर्वाचनभन्दा आगामी निर्वाचन केही फरक संरचनाको भएकाले मतदाता शिक्षा व्यापकरुपमा सञ्चालन गर्नुपर्ने र आचारसंहिताको अक्षरशः पालना गर्न आयोगले विषेश ध्यान दिनुपर्ने सुझाव दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell