PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

बिहान विद्युतको माग पुर्‍याउन धौधौ, कुलमान सिक्दैछन् व्यवस्थापनमा नयाँ पाठ



रासस

बिहान विद्युतको माग पुर्‍याउन धौधौ, कुलमान सिक्दैछन् व्यवस्थापनमा नयाँ पाठ

काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साँझको समय भन्दा बिहानको समयको माग व्यवस्थापन अनुभवका हिसाबले नयाँ एवम् जटिल भएको बताएका छन्। 

‘‘तर प्राधिकरण जटिलताबाट नै अगाडि बढेको छ, हामी सफल भएका छौ’’ उनले भने। 

प्राधिकरणको भार प्रेषण केन्द्रकाअनुसार साँझकै हाराहारीमा नै बिहान पनि विद्युत् माग बढी हुने गरेको र व्यवस्थापनका लागि उत्तिकै सचेतताको जरुरी रहेको छ। 

बिहानको समयमा प्रणालीमा कूल ८९५ मेगावाट विद्युत् माग हुने गरेको छ। साँझको समयमा करिब ९५० मेगावाटदेखि एक हजार २०० मेगावाटसम्म विद्युत् माग हुने गरेको छ। 

साँझको माग तलमाथि हुने भए पनि बिहानको माग भने एकैप्रकारको हुने पछिल्लो तथ्याङ्कले देखाएको छ । प्राधिकरणले साँझको माग व्यवस्थापनलाई समन्वय गरेर अगाडि बढाएको छ । तर बिहान उद्योग धन्दा, कलकारखाना तथा अन्य व्यावसायिक क्षेत्रमा समेत विद्युत् आपूर्ति गर्नुपर्ने हुँदा साँझ भन्दा बिहान बढी व्यवस्थापन गर्नुपरेको जनाएको छ । 

साँझ उद्योग धन्दालाई विद्युत् उपलब्ध गराइँदैन। साँझ ६ बजेदेखि १० बजेसम्म औद्योगिक कोरिडोरमा विद्युत् कटौती गरेर ग्रार्हस्थ प्रयोजनका लागि पठाइन्छ । तर बिहान ग्रार्हस्थ तथा औंद्योगिक फिडरमासमेत समान रुपमा विद्युत् जाँदा लोड व्यवस्थापनमा नयाँ अनुभव प्राप्त भएको प्राधिकरणले जनाएको छ । 

कुल विद्युत् मागमध्ये दुई तिहाइ भन्दा बढी काठमाडौँ उपत्यकामा नै रहेको छ । यस्तै सहरी तथा औद्योगिक क्षेत्रको माग पनि कूलग्रार्हस्थ माग भन्दा बढी रहेको छ । 

भारप्रेषण केन्द्रकाअनुसार दिउँसो भने ८०० मेगावाटको हाराहारीमा माग रहेको छ । सामान्य अवस्थामा सात सय मेगावाट विद्युत् माग हुने गरेको छ । 

यस्तै प्राधिकरणको केन्द्रीयप्रसारण लाइनमा प्राधिकरणको आफ्नै उत्पादन ३३६ मेगावाट, आन्तरिक रुपमा प्रवद्र्धकबाट १९० मेगावाट, भारतबाट ३१४ मेगावाट उपलब्ध छ । प्राधिकरणको प्रणालीमा ३६० मेगावाट विद्युत् कम रहेको छ । 


प्राधिकरणको कूल ग्राहस्थग्राहक २७ लाख ९६ हजार ६२१ छन् । गैर व्यापारिक ग्राहक १७ हजार ७२३, व्यापारिक १७ हजार १९१, उद्योग ४३ हजार ६३९ र अन्य ग्राहक ९४ हजार ३९३ रहेका छन् । 

प्राधिकरणले तीन हजार ७४६ मेगावाट विद्युत् बिक्री गरेको छ । त्यसबाट रु ३२ अर्ब २१ करोड बराबरको आम्दानी गरेको जनाएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell