PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

महोत्तरीमा दुई सय ५६ मतदान केन्द्र तोकियो



रासस

महोत्तरीमा दुई सय ५६ मतदान केन्द्र तोकियो

गौशाला : आसन्न स्थानीय तहको निर्वाचनका लागि महोत्तरी जिल्लामा दुई सय ५६ मतदान केन्द्र तोकिएको छ।

बर्दिबास, गौशाला, जलेश्वर गरी तीन नगरपालिका र १२ गाउँपालिका रहेको महोत्तरीमा यसअघि दुई सय ३३ मतदान केन्द्र रहेकामा २५ मतदान केन्द्र थप, पाँच संशोधन र दुईवटा खारेज गरिएको जिल्ला निर्वाचन अधिकारी पिङ्की रायले बताए।

प्रजिअ वीरेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले निमावि पर्सादेवाड, क्लब भवन मधेपुरा मतदान केन्द्रलाई खारेज गरेको र गौरीबास, रतौलीलगायत पाँचवटा मतदान केन्द्र संशोधन गरी जम्मा दुई सय ५६ मतदान केन्द्र कायम गरिएको हो। महोत्तरीमा स्थानीय तह निर्वाचनका लागि यसपालि तीन लाख आठ हजार चार सय दुई मतदाता रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell