PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

साथीसँग पौडी खेल्न गएका किशोरको खोलामा डुबेर मृत्यु



रासस

गाईघाट (उदयपुर) : उदयपुरको त्रियुगा नगरपालिका– ११ सङ्गम टोलका एक युवकको स्थानीय चप्पन खोलामा पौडी खेल्ने क्रममा दहमा डुबेर मृत्यु भएको छ।

गाईघाट सङ्गमटोल बस्ने १९ वर्षीय सुमन भट्टराईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

भट्टराई गर्मी भएका कारण साथीसँग पौडी खेल्न खोलामा गएर दहमा प्रवेश गरेका थिए। पौडी खेल्न नजान्ने भट्टराई दहमा डुबेर बेहोस भएका थिए। दहबाट साथीले निकालेर अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको प्रहरीले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell